जम्काभेटमा मानवता नेपाल बाँकेका अध्यक्ष मधुसुदन अधिकारी

माधव कार्की

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– २०७७ सालमा स्थापना भएको यस मानवता नेपालले मानबिय भावना अभिबृद्धि गर्दै समाजमा बास्तवमै मानव निर्माण गर्ने सुबिचारका साथ स्थापित यस ।संस्थाले स्थापना कालदेखी नै थुप्रै मानबिय कार्यहर सञ्चालन गर्दै आईरहेका छ । हाल हाम्रो संस्थाले समाजमा प्रत्यक्ष रुपमा सहयोग पुग्ने कार्यहरु जस्तै जेष्ठ नागरिकहरु, असहाय अपाङ्गहरुलाइृ खाद्य पदार्थ नगद हस्तान्तरण जस्ता कर्यहरु गर्दै आईरहेको छ । मानबिय कार्य गर्ने कुनै निश्चित ब्यक्ति स्थान नभई अर्थिक अभावले छट्पटिएको घाउमा आफ्नो गच्छे अनुसार आर्थिक वा अन्य आवश्यक सहयोग गरेर मलम लगाउने प्रयत्न गर्छौ । आर्थिक रुपमा सवल तर मानसिक रुपमा दरीद्र स्वभाव भएका लाई ज्ञानको माध्यामबाट सच्चा मानवको रुपमा सवल बनाउने काम गर्छौ र आफुले नसकेको खण्डमा आफुले पहलकदमी लिएर मानवताको परिचय दिने काम गर्दछौं ।

२.यँहाहरुको सहकार्य कुन कुन सस्था र निकायहरुसँग रहेको छ ?
– हाम्रो संस्थाको उद्धेश्य सँग मेल खाने सस्थाहरु सँग र बिशेषगरी हरपल होलेस्टीक होम केयर एण्ड ट्रेनिङ सेन्टर सँग सहकार्य गरी नेपालगञ्ज स्वास्थ्य सँग सम्बन्धीत कार्यहरु्र गर्दै आइरहेको छ ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– बिशेषगरी अपाङ्गता भएका ब्यक्तिहरु,असहाय,आवाज बिहिनहरुको लागि आवाज बन्दै कुनै पनि निश्चित स्थान नभई सडक,पेटी समुदाय बिभिन्न आश्रमहरुमा काम गर्दै आईरहेका छौं ।

४.हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?
– स्थापना कालदेखी बिभिन्न कामहरु गर्दै आएको यस संस्थाले बेवारिसे शवको दाहासंस्कार गर्ने , गरिब र सुत्केरी महिलाहरुको पौष्टिक आहार र स्वास्थ्य सामाग्रीहरुको बितरण,बिभिन्न आश्रमहरुमा रहेका जेष्ठ नागरिकहरु असहाय, बालबालिकाहरुको लागि खाद्यान्न तथा नगद सहयोग गर्ने काम ,कोभिड महामारीको बेलामा मास्क तथा सेनीटाईजर बितरण गरेको,सडक तथा मन्दिर सरसफाई कार्यक्रम,एम्बुलेन्स खरीदका लागि नगद सहयोगगर्ने देखी प्रत्येक शनिबार सडक तथा चोक चोकमा निशुल्क स्वास्थ्य परिक्षण गर्ने काम गर्दै आइउृरहेका छौं ।

५.सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– सामाजिक क्षेत्रमा काम गर्दै गर्दा मुख्यतया आर्थिककै चुनौती रहने गरेको छ । समाजमा मानवताको नाममा केही तत्वले गलत काम गर्ने भएकाले हामी जस्ता मानवताको क्षेत्रमा काम गर्ने संस्थालाई शुरुमा समाजले हेर्ने नजरमा शकां गर्ने हुदाँ चुनौती हुने गर्दछ । त्यसैगरी मानबिय कार्य गर्ने समयको ब्यवस्थापन कानुनी उल्झन पनि मुख्य चुनौती रहेको छ ।

६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
आगामी कार्यक्रमहरु भन्नु पर्दा हाल आएर हामी नेपालगञ्जमा मात्र सिमित भएका र्छौ भने आगामी दिनमा देशभरी नै शाखा बिस्तार गर्ने र सञ्जालिकरण गर्ने योजना रहेको छ । समाजमा हुने अमानबिय कार्यको बिरुद्ध बुलन्द्ध रुपमा आवाज उठाएर ब्यवहारमा मानबिय भावको जगेर्ना गर्ने प्रमुख उद्धेश्य राखेर त्यस सँग सम्बन्धित कार्यहरु गर्दै जाने योजनाहरु रहेका छन् ।

७. अन्तमा के भन्न चाहनुहुन्छ ?
आज समाजमा प्रबिधिको बिकासले मानवले आफ्ना सस्कार संस्कृति,धर्म,कर्तब्य बिर्सदै गएको छ । मात्र पैशा सँग प्रतिस्प्रधा गर्ने प्रबृतिको विकास भएको पाईन्छ । अत यसरी निभ्दै गरेको मानवतारुपी दियोमा तेल थप्ने कार्यको एउटा हिस्सा मानवता नेपाल बाँके बन्न चाहन्छ । आउनुहोश यस पुनित कार्यमा एकजुट हौं भन्न चाहन्छु ।

  • १३ असार २०८०, बुधबार प्रकाशित

  • Nabintech