गुणस्तरिय स्वास्थ्य सेवा आजको आवश्यक्ता

असल शासन प्रतिनिधि

नेपालगञ्ज /साधारण शिक्षा बिना स्वास्थ्य शिक्षाको परिकल्पना गर्न नसकिने नेपालगन्ज ९ सम्पन्न सामाजिक परीक्षणका सहभागिहरुलेले बताएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा शुक्रबार सम्पन्न भएको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा वडा नम्बर ९ को सामाजिक परिक्षण कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जन स्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गुर्णस्तरिय स्वास्थ्य सेवा आजको आवश्यक्ता भएको बताए । स्वास्थ्य सेवाको वारेमा आम नागरिकलाई समुदाय स्तरबाटै जनचेतना जगाउन सकेको खण्डमा स्वास्थ्य सेवाको प्रभावकारिता बढ्ने वस्नेतले बताए ।

बाँकेगाँउ स्थित सरस्वती प्राथमिक बिद्यालयमा आयोजना गरिएको स्वास्थ्यको सामाजिक परिक्षण कार्यक्रममा स्वास्थ्य संस्थाका ईन्चार्ज अमुत चौधरीले आर्थिक बर्ष ०७९÷०८० मा आधारभुत स्वास्थ्य सेवा केन्द्र मार्फत भए गरेका सम्पुर्ण कार्यक्रम, सेवा, गतिबिधि र निशुल्क रुपमा पाईने औषधीको बिबरण सहितको तथ्याँक प्रस्तुत गरेका थिए । सामाजिक परीक्षण सहजीकरण गर्ने संस्थाका प्रतिनिधहरुले कार्यक्रम अघि बिभिन्न टोलमा अवस्थित आमासमुहरु सँग गरेका भेटघाट, स्वास्थ्य केन्द्र ब्यवस्थापन समिति र र्काचारीहरु सँग भेटघाट र स्थलगत अवलोकन मार्फत देखिएका तथ्यहरु प्रस्तुत गरिएको थियो भने । प्रतिबेदन प्रस्तुत पश्चात सहभागीहरु माझ खुल्ला छलफल गरिएको थियो । छलफलमा सहभागिहरुले स्वास्थ्य संस्था टाढा रहेको, चाहेको औषधी नपाईने गरेको, खोप केन्द्रहरु बढाएर टोल टोलमा सञ्चालन हुनुपर्ने, स्वास्थ्य केन्द्रको भवन अपर्याप्त भएकाले त्यस्को लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने लगायतका गुनासोहरु ब्यक्त गरेका थिए ।

स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिकाका वार्ड नम्बर ९ का अध्यक्ष गोबिन्द प्रसाद रेग्मीको अध्यक्षतामा आयोजित सामाजिक परिक्षण कार्यक्रममा स्वागत मन्तब्य बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए भने कार्यक्रमको सहजिकरण बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र मलातिले गरेका थिए । कार्यक्रममा बिभिन्न क्षेत्रका ४० जनाको सहभागिता थियो ।

  • १५ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech