बास सुदूरपश्चिमलाई युवा प्रतिभा सम्मान

असल शासन प्रतिनिधि

असार १६, धनगढी/बास नेपाल सुदूरपश्चिम प्रदेश समितिलाई युवा प्रतिभा सम्मान २०७९ प्रदान गरिएको छ ।

प्रदेश युवा परिषद् सुदूरपश्चिमले युवाहरुको क्षेत्रमा योगदान गरे बाफत बास सुदूरपश्चिमलाई नगद सहित सम्मान गरेको हो ।

शनिबार धनगढीमा आयोजित युवा प्रतिभा सम्मान २०७९ कार्यक्रममा युुवा पारिषद्का केन्द्रीय कार्यकारी उपाध्यक्ष सुुरेन्द्र बस्नेतले बास सुदूरपश्चिम प्रदेश संयोजक पाण्डव पुजारालाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

सम्मान ग्रहण गर्दै संयोजक पुुजाराले बास सुुदूरपश्चिमले ९ ओटै जिल्लामा जिल्ला शाखा र अधिकांश पालिकामा उपशाखा बिस्तार गरि भ्रष्टाचार बिरुद्ध युवा सशक्तिकरण र सुुशासनका क्षेत्रमा निरन्तर खबरदारी अभियानहरु सञ्चालन गर्दै युवाहरुलाई रुपान्तरण र जागरुक बनाउँदै आएको बताए ।

उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा बासले युवा स्वयमसेवा, भ्रष्टाचार, अनियमितता बिरुद्ध र सुशासनका क्षेत्रमा निरन्तर अभियानलाई तिव्रता दिँदै आएको बताए ।

युवा प्रतिभा सम्मानबाट बास सुदूरपश्चिम सहित अन्य ५ जना युवाहरु सम्मानित भएका छन् ।

  • १६ असार २०८०, शनिबार प्रकाशित

  • Nabintech