भवन नभएरै स्वास्थ्य सेवा प्रभावित

रबिन्द्र बोहरा

नेपालगन्ज उपमहानगरपालिका वडा नंं. ५ को आधारभूत स्वास्थ्य सेवा केन्द्रको आफ्नो भवन नहुँदा नागरिकले पाउनु पर्ने आधारभूत स्वास्थ्य सेवा प्रभावित भएको एक कार्यक्रममा बताइएको छ । बास नेपालको सहजिकरणमा नेपालगन्ज उपमहानगरपालिकाले आयोजना गरेको नेपालगन्ज उपमहानगरपालिका अन्तगर्त रहेका स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रममा अन्तगर्त वडा नंं. ५ को आधारभूत स्वास्थ्य सेवा केन्द्रको आम भेला कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन् ।

सभागीहरुले उठाएका सवालहरुको जवाफ दिनु हुँदै आधारभूत स्वास्थ्य सेवा केन्द्र संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सराफत हुसेन शेषले आफुले निर्वाचित भए देखि नै पहिलो मुद्धाको रुपमा स्वास्थ्य सेवा केन्द्रको भवन उठाएको भए पनि वडामा सार्वजनिक जग्गाको अभाव रहेको तथा उपमहानगरपालिकाको भवन निमार्णको लागि मात्र बजेट विनियोजन गर्ने तर जग्गाको लागि बजेट नदिने नीतिले समस्या उत्पन्न भएको बताए । यद्यपी निराश हुनुपर्ने स्थिती नभई आफ्नै कार्यकालमा कतैबाट जग्गाको प्रबन्ध मिलाएर भवन निमार्ण गर्ने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा स्थलगत अध्ययनबाट आएको प्रतिवेदनको आधारमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसिवकाहरुको भुमिकाको प्रशंसा गर्दै नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत शाखा अधिकृत गोरखनाथ योगीले औषधीको शून्य मौज्दात हुन नदिन र आवश्यक पर्ने अन्य टेक्निकल सामाग्रहरुको प्रबन्ध मिलाउनेमा नगरपालिकाले योजना बनाउँदै सोही बमोजिम कार्यन्वयन गर्दै लैजाने बताए ।

वडा नंं. ५ का स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज सुरज बोहराले संघ, प्रदेश र स्थानीय तह सम्मको समजस्याता र समधुर समन्वयको माध्यमबाट स्वास्थ्यमा देखिएका समस्याको समाधान गर्न सकिने तथा सामान खरिद गर्दाको समायमा टेक्निकल सामान संचालनको लागि आश्यक पर्ने साधारण खालको सामान पनि खरिद गर्न विर्षन नहुने बताउँदै बजारमा उक्त सामान खरिद गर्न नसक्दा विभिन्न मेशिनरी औजार तथा उपकरणहरु भएर पनि संचालन गर्न नसकेको बताए ।

आमभेलामा तयार भएको कार्ययोजनामा भवन निमार्ण गर्ने तथा तत्कालको लागि नयाँ सुविधा सम्पन्न घरमा स्वास्थ्य सेवा केन्द्रलाई सार्ने, स्वास्थ्य सेवा केन्द्रमा सूचना पाटीको व्यवस्था १ महिना भित्र गर्ने, आमा समूहको बैठकको लागि प्रत्साहनको व्यवस्था गर्ने, औषधीको अभाव हुन नदिने लगाएतका रहेका छन् ।
४० जनाको सहभागीता रहेको कार्यक्रममा वडा नंं. ५ का जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, धर्मगुरुहरु, बालक्लवका पदाधिकारी तथा विद्यार्थीहरु, आधारभूत स्वास्थ्य सेवा केन्द्र संचालन तथा व्यवस्थापन समितिका पदाधिकरीहरु तथा कर्मचारीहरु महिला स्वास्थ्य स्वयंसेविका र आमा समहूका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

आधाुरभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज सुरज बोहराले स्वागत गरेको आभेलामा स्वस्थ्य सेवा केन्द्रका सहायक पाँचौ सन्देश बहादुर शाहीले स्वस्थ्य सेवा केन्द्रको प्रगति प्रतिवेदन तथा बास नेपाका अभिलेखिकरण अभिकृत रबिन्द्र बोहराले स्थलगत अध्ययन प्रतिवेदन प्रस्तुततिकरण गरेका थिए । आम भेलाको सहजिकरण बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • १७ असार २०८०, आईतवार प्रकाशित

  • Nabintech