स्वास्थ्य संस्था सबैको पहुँचमा नभएको गुनासो

असल शासन प्रतिनिधि

नेपालगन्ज / सहरी स्वास्थ्य केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० को कार्यालय सबैको पायक पर्ने स्थानमा हुनुपर्ने माग गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आयोजना र बास नेपालको सहजिकरणमा सञ्चालित स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रममा अन्तगर्त सोमबार सहरी स्वास्थ्य केन्द्र नेपालगन्ज १० को समाजिक परीक्षण कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन् ।

भाडामा रहेको स्वास्थ्य केन्द्रको भवन उपयुक्त स्थानमा नरहेको बताउदै नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गरेको सटरमा अथवा वडा कार्यालयको भवनमा सार्नुपर्ने सहभागिहरुले माग गरेका थिए । सभागीहरुले उठाएका सवालहरुको जवाफ हुँदै सहरी स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष बिना थापाले हाल स्वास्थ्य संस्था रहेको घर भाडामा भएको र सबैको पायक पर्ने स्थानमा नभएको बताउदै अव चाँडै स्थानीय संग छलफल गरी वडा कार्यालयको भवन अथवा अन्य कुनै उपयुक्त स्थानबाट स्वास्थ्य सेवा प्रबाह गर्ने बताइन् ।

स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १० का अध्यक्ष श्रवण कुमार श्रष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक परीक्षणको क्रममा स्थलगत अवलोकन, अध्ययन, समुह केन्द्रित छलफलबाट आएका तथ्यहरुसहितको प्रतिवेदन सामाजिक परीक्षक मन भण्डारीले प्रस्तुत गरेका थिए भने सहरी स्वास्थ्य केन्द्रका इन्चार्ज भागिराम चौधरीले स्वस्थ्य सेवा केन्द्रको प्रगति तथा सेवाको तथ्याँक सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहरी स्वास्थ्य केन्द्रका इन्चार्ज भागिराम चौधरीले स्थानीय सरकार, समुदाय र सबै पक्षको समन्वयको माध्यमबाट स्वास्थ्यमा देखिएका समस्याको समाधान गर्न सकिने प्रभावकारी स्वास्थय सेवा उपलब्ध गर्न सकिने बताए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का सदस्य भरत ध्वज शाहीले स्वास्थ्यको विषय मान्छेको जीवनसंग जाडिएको विषय भएकाले यस विषलाई प्राथामिक्ताका साथ लिने बताए । वडा सदस्य दिपेन्द्र श्रेष्ठले स्वास्थ्य केन्द्रको गुणस्तर सुधारका लागि वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग गर्न पछि नहटने बताए । आमभेलामा उठेका सवालहरुको आधारमा आगामि वर्षका लागि कार्ययोजना तयार गरिएको छ । तयार भएको कार्ययोजनामा स्वास्थ्य केन्द्रको भवन यस आर्थिक वर्षभित्र उपयुक्त स्थानमा सार्ने, स्वास्थ्य केन्द्रमा सूचना पाटी र नागरिक वडा पत्रको व्यवस्था गर्ने, नियमित गर्भवती जाँच गर्ने महिलाहरुको संख्यामा बृद्धि गर्ने, स्वास्थ्य सिबिर तथा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिलाई तालिम सञ्चालन गर्ने, थप १ वटा खोप केन्द्र सञ्चालन गर्ने, बच्चाको औषध तौल बृद्धि गर्ने, बिभिन्न स्वास्थ्य सिबिर सञ्चालन गर्ने लगाएतका रहेका छन् ।

४५ जनाको सहभागीता रहेको कार्यक्रममा वडा नंं. १० का जनप्रतिनिधिहरु, विद्यालयका शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय अगुवा, आधारभूत स्वास्थ्य सेवा केन्द्र संचालन तथा व्यवस्थापन समितिका पदाधिकरीहरु तथा कर्मचारीहरु महिला स्वास्थ्य स्वयंसेविका र आमा समहूका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

 

  • १८ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech