गुरु बिनाको चेला अर्थहिन हुने

असल शासन प्रतिनिधि

नेपालगञ्ज / गुरु बिनाको चेला अर्थहिन हुने कुरा एक कार्यक्रममा सहभागीले बताए ।

असार १२ गते देखी १७ गते सम्म बास नेपालले आयोजना गरेको सात दिने उद्घोषण तालिमको आईतबार समापन कार्यक्रममा तालिमका सहभागी अमर बिरही श्रेष्ठले प्रतिक्रिया मन्तब्य दिने क्रममा सो कुरा बताएका हुन । साथै श्रेष्ठले आज तालिम समापन नभई यो हाम्रो लागि शुरुवात भएको बताए ।
त्यस्तै प्रतिक्रिया मन्तब्यकै शिलशिलामा तालिमका अर्का सहभागी अञ्जली बर्माले आफुलाई बोल्न जतिपनि आउथ्यो तर यसरी सिलसिलेवार रुपमा बोल्ल आउदैनथ्यो जुन कुरा यो तालिम बाट सिकेको छु उनले भनिन् । तामिको माध्यमबाट आफुमा बोल्ने कला शैलीको बिकास भएको बताउदै उनले यस्ता तालिमहरु युवाहरुका लागि लक्षित गरेर सञ्चालण गरिनुपर्ने बताईन् ।

१५ जना सहभागी रहेको सात दिने उद्घोषण तालिमका प्रशिक्षकहरु रमेश सिटौला,मन भण्डारी र हेमराज भट्टले तालिमका सहभागीहरुलाई शुभकामना भनाई राख्दै तालिम लिनु मात्रै ठुलो कुरा नभई तालिम पश्चात बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए । सबै भन्दा ठुलोकुरा अभ्यास नै हो । जति अभ्यास गर्दै जानुहुन्छ त्यती तपाँई उद्घोषण तालिममा खारिदै जानुहुनेछ ।

बास नेपालका निबर्तमान अध्यक्ष तथा तालिम बिभाग प्रमुख रमेश सिटौलाको अध्यक्षतामा सञ्चालित उक्त तालिम समापन कार्यक्रममा तालिमका सयोजक अशोक रावलले राखेका थिए भने तालिमकै सहभागी सजल गैरेले कार्यक्रम सञ्चालन गरेकी थिईन् । तालिममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

  • १८ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech