स्वास्थ्य केन्द्रलाई प्रभावकारी बनाउन जनचेतना खाँचो

असल शासन प्रतिनिधि

नेपालगञ्ज /सहरी स्वास्थ्य केन्द्रलाई प्रभावकारी बनाउन जनचेतनामुलक कार्यक्रमको खाँचो भएको नेपालगञ्ज १ मा सम्पन्न सामाजिक परिक्षण कार्यक्रममा सहभागीले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा सोमबार सम्पन्न भएको सहरी स्वास्थ्य केन्द्र वडा नम्बर १ मा स्वास्थ्य क्षेत्रका सवालमा सामाजिक परिक्षण कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरिक्षक तेज वलीले सो कुरा  बताएका हुन् ।


नजिकै भेरी  अस्पताल भएकाले यस वडाका बिरामीहरु स्वास्थ्य केन्द्रमा नआई सिधै भेरी अस्पताल र अन्य अस्पतालमा जाने गर्नाले स्वास्थ्य केन्द्र प्रतिको आकर्षण घट्दै गएकाले अब स्थानिय स्तरमा स्वास्थ्य केन्द्र तथा महिला स्यमंसेवीकाहरु मार्फत बिभिन्न आमा समुहहरु र स्थानिय स्तरमा बिभिन्न तालिम,सचेतनामुलक कार्यक्रमका सथै स्वास्थ्य केन्द्रबाट निशुल्क रुपमा पाईने सेवा सुबिधाहरुको बारेमा प्रचारप्रसारको खाँचो रहेको बताए ।

सहरी स्वास्थ्य केन्द्रको हलमा आयोजना गरिएको स्वास्थ्यको सामाजिक परिक्षण कार्यक्रममा स्वास्थ्य संस्थाका ईन्चार्ज पठबिर बुढाथोकीले आर्थिक बर्ष ०७९÷०८० मा भए गरेका सम्ुर्ण गतिबिधि र निशुल्क रुपमा पाईने औषधीको बिबरण सहितको तथ्यांक प्रस्तुत गरेका थिए ।

प्रतिबेदन प्रस्तुत पश्चात सहभागीहरुमाझ खुल्ला गरिएको थियो भने सहभागीहरुबाट जेष्ठ नागरिकहरुको लागि क्याल्सियम निशुल्क उपलब्ध गराईनु पर्ने, बिरामीहरुलाई स्वास्थ्य केन्द्रमा आउँदा आवश्यक औषधी उपलब्ध नहुने, र महिला स्वयंकेबिकाको तर्फबाट स्थानिय स्तरमा खोप लगाउनै नमान्ने र आमा समुहहरु निस्क्रिय भएर बैठक बस्न नमान्ने जस्ता गुनासाहरु आएका थिए ।

छलफल पश्चात सहभागीहरु र सरोकारवाला निकायहरुको रोहबरमा स्वास्थ्य केन्द्रका कर्मचारीहरुलाई तालिमको ब्यवस्था, आमा समुहरुको ब्यवस्थापन,समुदायमा जनचेतनामुलक कार्यक्रम,स्वास्थ्य केन्द्रमा कर्मचारीहरुको मा र डक्टर र नर्श सहितको कार्ययोजना बनाईएको थियो ।
ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिकाका वार्ड नम्बर १ का वडा सिता परियारको अध्यक्षतामा आयोजित सामाजिक परिक्षण कार्यक्रममा स्वागत मन्तब्य बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए भने कार्यक्रम सञ्चालन असल शासन मिडियाका ब्यवस्थापक तपेन्द्र मलातिले गरेका थिए ।

  • १९ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech