बाल विवाह न्यूनीकरणमा लाग्ने साझाँ प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज ।  नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष राज कुमार शाहुले बाल विवाह न्यूनीकरणका बिषयमा वडा बासिहरु चनाखो हुनुपर्ने बताएका
छन् ।
नेपालगन्ज उपमहानगरपालिका २१ नम्बर वडा कार्यालयको सहयोग तथा नाईस नेपालगन्जको आयोजनामा आज सम्पन्न बाल विवाह न्यूनीकरण सम्बन्धी एक दिने अभिमुखिकरण तालिमको समापन कार्यक्रममा यस्तो बताएका हुन् । बाल क्लब तथा युवा क्लबका पदाधिकारीहरुको क्षमता अभिबृद्धी गरि बाल विवाह न्यूनीकरणको अभियानमा सक्रिय गराउन कार्यक्रम तयार गरिएको उनको भनाई थियो । उनले तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्दै वडाको अभियानमा सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।


यसैगरी तालिमको समापनमा बोल्दै कार्यक्रमका अतिथि तथा गैरसरकारी संस्था महासँघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाहले कानुनले निर्धारण गरेको उमेर तथा कानुनी प्रावधान बैज्ञानीक भएकाले सबैले कानुनको पालना गर्र्नु पर्नेमा जोड दिए । वडाले बाल विवाह न्यूनीकरणका बिषयमा कार्यक्रम गर्नु सहनीय भएको बताउदै तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्न सबैलाई अनुरोध गरे ।


तालिमको समापन कार्यक्रममा प्रतिक्रिया मन्तब्य राख्दै तालिमका सहभागि नैना गुप्ताले तालिमले वाल विवाह न्यूनीकरणका बिषयमा स्पष्टसँग जानकारी भएको र सिकेको कुरालाई ब्यवहारमा लागु गर्ने प्रतिबद्धता गरिन् । यसैगरी तालिमका अर्का सहभागि राहुल भुजुवाले तालिमले बाल विवाह, बाल संरक्षण र वडामा गर्न सकिने अभियानका बिषयमा जानकारी भएको बताए । उनले तालिमको ब्यवस्थापन गर्ने वडा कार्यालय र नाईस नेपालगन्जलाई धन्यबाद ज्ञापन गरे ।


अभिमुखिकरण तालिममा बाल विवाहका विभिन्न बिषयमा नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, नेपालगन्ज उमपहानगरपालिकाले बाल विवाह न्यूनीकरणका लागि गरिरहेका कामहरु, पारित निति, बाल विवाह तथा बाल अधिकार सम्बन्धि कानुनी ब्यवस्था, वडामा बाल विवाह सम्बन्धी अभियान लगायतका बिषयमा नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर २१ का वडा सचिब सुर्य नेपालीले सहजिकरण गरेका थिए भने बाल संरक्षणका विभिन्न बिषयमा प्रशिक्षक मन भण्डारीले सहजिकरण गरेका थिए ।


नाईस नेपालगन्जका उपाध्यक्ष शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश नाईस नेपालगन्जका सचिब कमल शाहीले गरेका थिए । जनप्रतिनिधि, बाल क्लब, युवा क्लब तथा किशोरी क्लबका पदाधिकारीहरुको सहभागिता रहेको अभिमुखिकरण तालिममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले गरेका थिए ।

  • १९ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech