आठौं साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः शाह

असल शासन प्रतिनिधि

अछाम/बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्र विकास समिति, अछामको आठौं बार्षिक साधारण सभा असार १४ गते सम्पन्न भएको छ ।

साधारणसभाले अध्यक्ष लोकेन्द्र बहादुर शाहलाई पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ ।

अछामको तुर्माखाँद गाउँपालिका वडानम्वर ५ नागपर्वतमा रहेको विकास समितिको उक्त साधारणसभाबाट तुर्माखाँद वडानम्वर ५ नाडाका भुपेन्द्र प्रसाद जैशी उपाध्यक्ष, तुर्माखाँद गाउँपालिका वडानम्वर ५ कोल्लीका झंकर बहादुर शाही सचिव, तुर्माखाँद गाउँपालिका वडा नम्वर ५ बुदेका मिन बहादुर शाही सह—सचिव र तुर्माखाँद वडानम्वर ४ चिसीकी छत्रकला बयक कोषाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।

तुर्माखाँद बजार स्थित श्री कालिकेश्वरी मा.बि.को प्रांगणमा सम्पन्न उक्त साधारण सभाबाट तुर्माखाँद गाउँपालिका वडानम्वर ५ नाडाका शम्शेर बहादुर शाही, दिपेन्द्र बहादुर शाही, तुर्माखाँद गाउँपालिका वडानम्वर ५ थोलुका राज बहादुर शाही, जनक बहादुर शाही, तुर्माखाँद गाउँपालिका वडानम्वर ५ ढाङ्टाका धनिराम जैशी, तुर्माखाँद गाउँपालिका वडानम्वर ४ तुर्माखाँदका पदम बहादुर बि.सी., प्रेम बहादुर बयक र तुर्माखाँद गाउँपालिका वडानम्वर ३ लकान्द्र भैरवस्थानका लक्ष्य बहादुर बुढा सदस्य पदमा निर्विरोध चयन भएका थिए ।

सर्बसम्मत समितिको नामावली निर्वाचन अधिकृत झंकर बहादुर शाहीले घोषणा गरेका थिए ।

साधारणसभाको उद्घाटन तुर्माखाँद गाउँपालिकाका कार्यबाहक अध्यक्ष तथा वडा नम्वर ४ का वडाध्यक्ष पदम बहादुर बि.सी.ले गरेका थिए । उद्घाटन गर्दै कार्यबाहक अध्यक्ष बि.सी.ले बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्र विकास समितिले उत्कृष्ठ कार्य गरेको भन्दै बधाई ज्ञापन गरे । उनले पालिका र वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन प्रश्तुत गर्दै संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर शाहले अछामको तुर्माखाँद गाउँपालिकाको नागपर्वत नाडामा प्राचिन बागेश्वरी मन्दिर रहि आएको र सोही मन्दिरको संरक्षणका लागि २०६८ सालमा सँस्था स्थापना गरिएको बताए । उनले पबित्र उद्धेश्यका स्थापना भएको संस्थाबाट नागपर्वत क्षेत्रको समग्र विकास, पर्यटन प्रबद्र्धन लगाएतका कार्यहरु भईरहेको बताए । उनले सँस्थाद्वारा अति प्राचिन बागेश्वरी मन्दिरको बिकास, बिस्तारका लागि बिभिन्न भौतिक निर्माणका कार्यहरु सम्पन्न हुनुका साथै निर्माणाधिन अवस्थामा रहेको बताए । उनले संस्थाद्वारा बिभिन्न सामाजिक कार्यहरु समेत भईरहेको बताए ।

कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक कार्यकारी निर्देशक नमस्कार शाह, श्री कालिकेश्वरी माबि व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर बयक लगायतको उपस्थिती रहेको थियो ।

संस्थाका सचिव शम्शेर बहादुर शाहीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष तारा बहादुर चलाउनेले गरेका थिए भने स्वागत गित श्री कालिकेश्वरी माविका विद्यार्थीहरुले प्रश्तुत गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष छत्रकला बयकले आर्थिक प्रतिवेदन प्रश्तुत गरेकि थिईन् ।

कार्यक्रममा संस्थागत बिकासमा महत्वपूर्ण योगदान दिने बास नेपालका कार्यकारी निर्देशक तथा संस्थाका सल्लाहकार सदस्य नमस्कार शाह लगायतलाई सम्मान गरिएको थियो ।

यसैगरी असार १५ गते नवनिर्वाचित कार्य समितिको पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका नवनिर्वाचित अध्यक्ष लोकेन्द्र बहादुर शाहलाई निर्वाचन अधिकृत झंकर बहादुर शाहीले सपथ ग्रहण गराएका थिए भने अध्यक्ष शाहले पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

प्रथम बैठकले तुर्माखाँद वडानम्वर ७ तोषीका तारा बहादुर चलाउने, तुर्माखाँद वडानम्वर ४ जैशुरका लक्ष्मी बुढा, तुर्माखाँद वडानम्वर ४ तुर्माखाँदका मन बहादुर बयक र ढकारी गाउँपालिका ढुङ्गाचाल्नाका मोतिसिंह बुढालाई सदस्य पदमा मनोनित गरिएको छ ।

२१ जनाको कार्य समिति रहने उक्त संस्थाको बिद्यानमा पदाधिकारी सहित १३ जना सदस्य साधारण सभाबाट निर्वाचित हुने व्यवस्था छ भने ४ जना कार्यसमितिबाट र ४ जना अध्यक्षबाट मनोनित हुने व्यवस्था छ । साधारणसभाबाट निर्वाचित १३ जना र कार्यसमितिबाट मनोनित ४ जना गरि १७ जनाको कार्यसमिति गठन भएको छ भने अध्यक्षबाट ४ जना मनोनित हुन बाँकी रहेको सो संस्थाले जनाएको छ ।

अध्यक्ष शाहका अनुसार, निर्वाचत १३ र समितिबाट मनोनित ४ जना सदस्य गरि १७ जनाको कार्य समिति चयन भएको छ भने बाँकी ४ जना सदस्य मनोनित गर्न बाँकी छ । बाँकी सदस्य मनोनित गरि मनोनित भएका सदस्यहरुबाट २ उपाध्यक्ष मनोनित गरिने अध्यक्ष शाहले जानकारी दिए । कार्यक्रममा २०० बढिको सहभागिता रहेको थियो ।

  • १९ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech