आफ्नै भवन नहुँदा समस्या

असल शासन प्रतिनिधि

नेपालगन्ज/आधारभूत स्वास्थ्य सेवा केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ को आफ्नै भवन नहुँदा अपेक्षित स्वास्थ्य सेवा प्रवाह गर्न असहज भएको पाइएको छ । बास नेपालको सहजिकरणमा नेपालगन्ज उपमहानगरपालिकाले अन्तगर्त रहेका स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रम अन्तगर्त वडा नंं. ११ को आधारभूत स्वास्थ्य सेवा केन्द्रको आम भेला कार्यक्रममा उपस्थित सरोकारवालाहरुले स्वास्थ्य संस्था भाडाको साँघुरो स्थानमा भएकाले सबै नागरिकहरुको पहुँच पुग्न नसकेको बताएका हुन् ।
आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ११ का वडा अध्यक्ष नन्दकिशोर क श्यपको अध्यक्षतामा बुधबार सम्पन्न सामाजिक परीक्षण कार्यक्रमका सहभागिहरुले सबैको पायक पर्ने स्थानमा स्वास्थ्य संस्थाको आफ्नै भवन हुनुपर्ने, स्वास्थ्य सेवाको वारेमा ब्यापक सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्वास्थ्य सेवा लिनेहरुको संख्यामा बृद्धी गर्नुपर्ने, प्रोटोकल अनुसार गर्भवती जाँच गर्ने आमाहरुलाई प्रोत्साहन कार्यक्रा सञ्चालन गर्नुपर्ने, निशुल्क सुत्केरी सेवा सञ्चालन हुनुपर्ने लगायतका माग राखेका थिए ।

सभागीहरुले उठाएका सवालहरुको जवाफ दिनु हुँदै नेपालगन्ज उपमहानगरपालिका स्वास्थय महाशाखा प्रमुख राम बहादुर चन्दले स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको लागि वजेट बिनियोजन भएको तर जग्गाको अभावको कारण भवन निर्माण हुन नसकी रकम फ्रिज भएर गएको बताए । वडा कार्यालयले जग्गाको ब्यवस्थापन गरेको खण्डमा आगामी आ.व. मा स्वास्थ्य संस्थाको भवन निर्माण गरी आधारभुत स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने चन्दले प्रतिबद्धता ब्यक्त गरेका थिए । आधारभुत स्वास्थ्य सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर कश्यपले आफुले सुरु देखि नै स्वास्थ्य क्षेत्रलाई प्राथामिक्तामा राखेर काम गरिरहेको र भवन निर्माणको लागि पहल गरीरहेको बताए । वडामा सार्वजनिक जग्गाको अभाव रहेकाले भवन निर्माण गर्न समस्या भएको बताउदै तत्काल स्वास्थ्य संस्थाको भवन उपयुक्त स्थानमा सार्ने र आफ्नो कार्यकालभित्र आफ्नै भवन निर्माण गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

आधारभुत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज सर्मिला सुवेदीले सिमित स्रोत साधन र भवन अभावको बाबजुत सेवा दिइरहेको बताउदै तोकिएको औषधी बाहेकका औषधी खरिद र अन्य सेवा सञ्चालनका लागि वडा कार्यालयबाट सहयोग प्राप्त भएको बताएन् । स्वास्थ्य संस्थामा अपेक्षा गरे भन्दा कम नागरिकहरु सेवा लिन आउने गरेको बताउदै सुवेदीले जुनसुकै स्वास्थ्य समस्या हुँदा पनी सबै भन्दा नजिकको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सेवा लिन आउन सबैलाई अनुरोध गरिन् । सामाजिक परीक्षणको क्रममा उठेका सवालहरुको आधारमा कार्ययोजना तयार गरिएको छ । आमभेलामा तयार भएको कार्ययोजनामा अवको १ महिनाभित्र स्वास्थ्य संस्थाको भवन उपयुक्त स्थानमा ब्यवस्थापन गर्ने, स्वास्थ्य संस्थाको कार्यालय ब्यवस्थापनका लागि आवश्यक फर्निचर तथा इन्भटर खरिद गर्ने, प्रोटोकल अनुसार गर्भवती जाँच गर्ने महिलाहरुलाई प्रोत्साहनको व्यवस्था गर्ने लगायत रहेका छन् । ५० जनाको सहभागीता रहेको कार्यक्रममा वडा नंं. ११ का जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक, बालक्लवका पदाधिकारी तथा विद्यार्थीहरु, आधारभूत स्वास्थ्य सेवा केन्द्र संचालन तथा व्यवस्थापन समितिका पदाधिकरीहरु तथा कर्मचारीहरु महिला स्वास्थ्य स्वयंसेविका र आमा समहूका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

आधाुरभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज सर्मिला सुवेदीले स्वस्थ्य सेवा केन्द्रको सेवा तथा प्रगती विवरण सहितको प्रगति प्रतिवेदन तथा सामाजिक परिक्षक रमेश सिटौलाले स्थलगत अध्ययन प्रतिवेदन प्रस्तुततिकरण गरेका थिए । आम भेलाको सहजिकरण बास नेपालका पुर्व अध्यक्ष तथा सामाजिक परिक्षक मन भण्डारीले गरेका थिए ।

  • २० असार २०८०, बुधबार प्रकाशित

  • Nabintech