कारको ठक्करबाट साईकल यात्री घाइते

असल शासन प्रतिनिधि

कारको ठक्करबाट साईकल यात्री घाइते

तिब्र गतिमा रहेको कारबाट साईकल यात्री सक्त घाइते भएका छन् । कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको बा २० च ९४३६ नम्बरको कारले राजा तर्फ गइरहेको साइकलाई ठक्कर दिँदा साइकल यात्री घाइते भएका हुन ।
कार चालक दिपेन्द्र उपे्रतीले तिब्र गतिमा चलाइरहेका कारले साइकल यात्री नेपागलगन्ज २० मनिकापुर निवासी पप्पु अन्सारी सक्त घाइते भएका छन् । पुस्पलाल चोक देखि ५० मिटर उत्तर तर्फ घटेको घटना लगतै प्रहरी जवान जयराम चौधरीले कार चालकलाई नियन्त्रण्मा लिएका थिए भने घाइतेलाई उपचारका लागि नेपालगन्ज मेडीकल कलेज लगिएको छ ।
तिब्र गतिमा आईरहेको कारले गलत दिशाबाट यात्रा गरिहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
नयन सिँह परियार
प्रशिक्षार्थी पत्रकार

  • २० असार २०८०, बुधबार प्रकाशित

  • Nabintech