कोहलपुरमा भेटियो शव, पहिचान खुलेन

असल शासन प्रतिनिधि

कोहलपुरमा भेटियो शव, पहिचान खुलेन

कोहलपुर/ कोहलपुर बसपार्कमा बुधबार बिहान एक जनाको शव भेटिएको छ ।

भेटिएको शबको पहिचान खुल्न सकेको छैन ।

कोहलपुर नगरपालिका वडा नं. ११ स्थित पुरानो बसपार्कको प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा भेटिएका थिए ।

बुधबार बिहान करिब ४ बजेको समयमा ५ फिट ४ ईन्च उचाई भएको अन्दाजी ३६/३७ वर्षको पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

शवलाई भेरी अस्पताल नेपालगंजमा राखिएको छ। प्रहरीले शवको पहिचानकालागि सार्वजनिक रुपमा सूचना समेत जारी गरेको छ ।

  • २१ असार २०८०, बिहीबार प्रकाशित

  • Nabintech