बन्धक युवाको उद्धार

असल शासन प्रतिनिधि

बर्दिया/बर्दिया गुलरिया ५ बाट एक मनोरोगी युवाको उद्धार गरिएको छ ।

मानवसेवा आश्रम नेपालगञ्जले उनको उद्धार गरेको हो । हाल उनी मानव सेवा आश्रममा रहेका छन् ।

२७ बर्सिय ओम प्रकाश थारु बिगत ५–६ वर्ष देखि मनोसामाजिक समस्याबाट ग्रसित थिए । घरका सदस्यहरुको आर्थिक आभाव साथै अशिक्षाको कमीले गर्दा केहि महिना देखि उनलाई घरमै फलामे साङ्लोले बाँधेर राखिएको थियो ।

स्थानीयहरुले उक्त युवालाई आफ्नै परिवारका सदस्यले घरमै फलामे साङ्लोले बाँधी बन्दक गराई राखेको भन्ने जानकारी दिए पछि मानवसेवा आश्रमको उद्धार टोली उद्धारको लागि निवासमा पुगेको थियो ।

केहि समय अवस्था अवलोकन गरि उनलाई गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम, गुलरिया नगरपालिका वडा नं ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल, स्थानीय समाजसेवी कल्पना नेपाल तथा हरि प्रसाद चौधरी र स्थानिय वासीहरुको रोहवरमा थारुलाई मानवसेवा आश्रम, नेपालगंज बाँके ल्याईएको छ । उनलाई मनोचिकित्सकको सल्लाह बमोजिम औषधि उपचार सुरु गरिसकिएको मानवसेवा आश्रम बाँके जिल्ला संयोजक उर्विन सापकोटाले जानकारी दिए ।

सहयोगापेक्षी  (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन र उनीहरुको दीगो व्यवस्थापन गर्दै आइरहेको छ ।  सिंगो नेपाल राष्टलाई नै सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने अभिष्ट राखी मानवसेवा आश्रमले सडकमानवहरुको मानवोचित व्यवस्थापनका निम्ति गत वर्ष २०७९ बैशाख १ गतेबाट नेपालगञ्ज उप–महानगरपालिकाको वडा नं १० मा घर बहालमा लिई सेवा सञ्चालन गरिरहेको छ । हाल आश्रममा ४ बालबालिका, ५ महिला, ३६ पुरुष गरि जम्मा ४५ जना बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकआश्रित मानवहरु आश्रित छन् ।

  • २१ असार २०८०, बिहीबार प्रकाशित

  • Nabintech