दैलेखको ठाटिकाँधमा सुनुवाई

असल शासन प्रतिनिधि

दैलेख । विभिन्न ६ बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै ठाटीकाँध गाँउपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
ठाटीकाँध गाँउपालिकाको आयोजना तथा असल शासन मिडियाको सहजिकरणमा भएको सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा गाँउपालिकामा सञ्चालीत योजना तथा कार्यक्रमहरुमो दिगोपनाका बिषयमा प्रश्न उठेकाले आगामी दिनमा सञ्चालीत योजना तथा कार्यक्रमहरुको प्रभावकारि अनुगमन पश्चात भुक्तानीको प्रक्रिया अगाडी बढाउने, गाँउपालिकाले बाल विकास शिक्षक नियुक्ती लगायत कर्मचारी नियुक्ती गर्दा प्रक्रियागत रुपमा पारदर्शि ढंगले गर्ने, गाँउपालिकाको आफ्नै भवन नहुदा सेवा प्रवाहमा समस्या भईरहेकाले आर्थिक बर्ष २०८०⁄०८१ भित्र पालिकाको प्रशासनिक भवनको शिलन्यास गर्ने, योजना तर्जुमा गर्दा सबै प्रक्रिया पुरा गरी तर्जुमा गर्ने तथा लक्षित बर्ग उत्थान कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने र गाँउपालिकाको काम कार्वाहीलाई थप प्रभावकारी र पारदर्शि बनाउन चौमासिक रुपमा पालिकाको र एक पटक वडाको सार्वजनिक सुनुवाई गर्ने प्रतिबद्धता गरिएको छ ।


सुनुवाईको शुरुवातमा ठाटीकाध गाँउपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको बारेमा जानकारी तथा पालिकाको बजेट कार्यक्रम तथा मुख्य उपलब्धीको बारेमा गाँउपालिका अध्यक्ष रक्ष बहादुर शाहीले जानकारी गराएका थिए । बासका पूर्व अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश असल शासन मिडियाका सञ्चालक हेमराज भट्टले गरेका थिए भने सुनुवाई पूर्ब गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा सुरेन्द्र बहादुर शाहीले गरेका थिए । सुनुवाईमा १५० बढीको सहभागिता रहेको थियो ।


सुनुवाईमा गाँउपालिका अध्यक्ष रक्ष बहादुर शाही, उपाध्यक्ष देविराम बडुवाल, प्रमुख प्रशासकिय अधिकृत नेम बहादुर खत्री, वडा नम्बर १ का अध्यक्ष चक्र बहादुर बिक, २ का अध्यक्ष प्रेम रामजाली, वडा नम्बर ३ का अध्यक्ष भरत बम, कार्यपालिका सदस्यहरु, वडा सदस्य, पालिकाका सल्लाहकार, शाखा प्रमुखहरु लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।

  • २३ असार २०८०, शनिबार प्रकाशित

  • Nabintech