रक्ताम्य पराल माथी महिला

श्रीराम सिग्देल

बिहान ६ बज्नै लागेको थियो, नियमित मर्निङ्गवाकमा थिए । धम्बोजी चोक नजिकै सडक किनारमा परालको थुप्रो र छेउमा मान्छेहरुको समूह देखियो ।

नजिकै पुग्दा एक जना महिला बेहोस र रक्ताम्य पराल माथी लडेको अवस्थामा देखिइन्, उनी छेउमा स-साना बालक र बालिका थिए, उनीहरु आमालाई बोलाउँदै थिए, आमा बेहोस थिइन् । मान्छेहरु जम्मा हुँदै थिए । उनलाई चिन्ने कोहि थिएन, बालबालिका पनि बोल्न चाहन्थेनन् । बेहोस महिलाको प्रकृति हेर्दा उनी घरेलु हिंसामा परेको हो कि झै भान हुन्थ्यो ।

रमिते हरु सोध्दै थिए “मर गैइ” मरी ? कोहि के कोहि के । प्रहरीलाई खबर गर्न ध्यान १०० मिटर पर रहेको बिट तिर पुर्‍याएको डिउटीमा भर्खर पुगेका आधा दर्जन प्रहरी देखिए । त्यहाँको अवस्था बारे जानकारी गराए रेस्क्यु गर्न आग्रह गरेँ । डिउटीमा रहेकी महिला ASI आइन् हेरिन् कन्ट्रोलमा फोन गरिन उताबाट राम्रो रेस्पोन्स नपाएको आभास पाएँ । अनि म स्वयंले १०० मा डायल गरे बिजी बिजी आयो ।

अनि ती असइ महिलाले 9858090110 मा फोन गर्न आग्रह गरिन, फोन गरे घटनाको जानकारी गराए उताबाट जवाफ आयो सर जानकारी गराउँछु हेरौँ के हुन्छ ? ठ्याक्कै उद्धार हुनेमा शंका लागे पछि जिल्ला प्रहरी प्रमुख (एसपी) लाई फोन गरेर घटना सुनाउँदै उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेँ, उहाँले आश्वस्त पार्नु भयो प्रहरीको भ्यान पनि आइपुग्यो । यो क्रमलाई झण्डै ३० मिनेट लाग्यो । ती घाइते महिलालाई अस्पताल पुर्‍याउन भ्यानमा हाल्दै गर्दा अर्कि एक महिला सिपाहीले भनिन् अस्पताल पुर्‍याएर के गर्ने सर औषधि खर्च नभए हेर्दिन्नन् सर लान त लैजाउ । फेरि भेरी अस्पतालका मेसुलाई घटना सुनाउँदै उद्धारका लागि आग्रह गरे उनले पनि क्विक रेस्पोन्स गर्दै भने इमर्जेन्सी पुर्‍याउनु बेसाहराको उपचार हामी आफै गर्दिन्छौ ।

प्रहरीको सहयोगमा इमर्जेन्सी पुर्‍याइयो, डिउटीमा रहेकाले क्विक रेस्पिन्स गरे प्रारम्भिक उपचार सुरु गरे होसमा ल्याउन प्रयास गरे , श्वास प्रस्वास अवरुद्ध रहेछ फर्काउन विभिन्न विधि अपनाएँ अक्सिजन दिए विस्तारै ती महिलाको शरीर चल्न थाल्यो । डिउटीमा रहेका स्वास्थ्यकर्मी भन्दै थिए एक छिन ढिला भएको भए गाह्रो थियो । अहिले ती महिलाको उपचार जारी छ ।

उनीसङ्ग रहेकी सानी नानी उनकी छोरी रहिछन् । अस्पताल पुगेकी ती सानी नानी भन्दै थिइन् बाबाले कुट्नु भएको हो । हात भाँचिदिनु भयो, घरबारी टोल बस्छौँ । आफ्नो नाम सनम परियार रहेको ती नानीले आमाको नाम पार्वती परियार र बाबुको लाला परियार भएको वताइन् ।

यो घटनालाई देखेर मनमा एउटा प्रश्नले सतायो, के मानविय समवेदना हराएको हो ?

विशेष धन्यवाद :
जिल्ला प्रहरी प्रमुख एस पी सन्तोष सिँह राठौर, भेरी अस्पताल मेडेकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईं, अनि उद्धारमा खटिनुहुने प्रहरीकर्मी र स्वास्थ्यकर्मीहरु ।

  • २५ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech