मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त

असल शासन प्रतिनिधि

सोलुखुम्बु/सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लम्जुरा डाँडामा दुर्घटनाग्रस्त भएको छ ।

सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने डाँडामा आज दुर्घटनाग्रस्त भएको हो ।

सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गरेका छन् । घटना बारे थप जानकारी आउन बाँकी रहेको छ ।

मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो । हेलिकोप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् ।

सदरमुकामबाट लम्जुजुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।

  • २६ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech