मनाङ एयरको हेलिकप्टर दुर्घटना ग्रस्त, पाँचको मृत्यु

असल शासन प्रतिनिधि

काठमाण्डौं /मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ । लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटना भएको पुष्टि भएको छ ।

मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना स्थलमा प्रहरीका असई राजन बस्नेत नेतृत्वको टिम पुगेको छ । दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको छ ।

सोलुबाट काठमाण्डौंका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । शव जलेको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार एकजनाको अवस्था अज्ञात छ ।

  • २६ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech