कंचनपुर शाखा कार्यालय उद्घाटन

असल शासन प्रतिनिधि

धनगढी । बागेश्वरी असल शासन क्लब (बास नेपाल) को कञ्चनपुर शाखा कार्यालय उद्घाटन गरिएको छ ।

बास नेपालका कञ्चनपुर सल्लाहकार तथा गैरसरकारी संस्था महासंघ नेपाल कञ्चनपुरका उपाध्यक्ष अमिर तिरुवाले रिबन काटेर कार्यालय मंगलबार उद्घाटन गरेका छन् ।

कार्यालय उद्घाटन गर्दै उपाध्यक्ष तिरुवाले बास नेपालसंग गैसस महासँघ नेपालले हरेक कार्यक्रममा सहकार्य गर्ने बताए ।

बास नेपालले कञ्चनपुरको भ्रष्टाचार न्यूनीकरण गर्न महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा उनले गरे ।

कार्यक्रममा बास नेपाल कञ्चनपुरका अध्यक्ष पुष्कर पन्तले बास नेपालका बारेमा जान्न र जोडिन कार्यालयमा आउन सबैलाई अनुरोध गरे ।

बास नेपालको कञ्चनपुरको शाखा कार्यालय भिमदत्त नगरपालिका वडा नम्बर ४ स्थित भासी स्थित होटेल रोयल दरबारको छेउमा स्थापना गरिएको छ ।

उद्घाटन कार्यक्रममा बास नेपाल कञ्चनपुर शाखा तथा उपशाखाका पदाधीकारीहरुको सहभागिता रहेको थियो ।

बास नेपालका ७७ जिल्लामा जिल्ला शाखा, पालिकामा उपशाखा बिस्तार गरि भ्रष्टाचार बिरुद्ध युवा सशक्तिकरण र सुुशासनका क्षेत्रमा निरन्तर खबरदारी अभियानहरु सञ्चालन गर्दै युवाहरुलाई  जागरुक बनाउँदै आएको छ ।

बास नेपालले युवा स्वयमसेवा, भ्रष्टाचार, अनियमितता बिरुद्ध र सुशासनका क्षेत्रमा निरन्तर अभियानलाई तिव्रता दिँदै आएको छ ।

  • २६ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech