स्वास्थ्यकर्मीका लागि आयोजित तिन दिने तालिम सम्पन्न

असल शासन प्रतिनिधि

सुर्खेत ⁄ स्वास्थ्यकर्मीहरुको सहभागितामा आयोजना गरिएको तिन दिने सामाजिक ब्यवहार परिवर्तन तथा सञ्चार र मानव केन्द्रति डिजाईन पद्धती बिषयक तालिम सम्पन्न भएको छ ।
युनिसेफ नेपालको सहयोग तथा बास नेपालको आयोजनामा असार २५ गते देखि शुरु भएको तालिम आज सम्पन्न भएको हो ।
तालिमको समापनका बोल्दै तालिमका सहभागि स्वास्थ्यकर्मीहरुले तालिमबाट सामाजिक ब्यवहार परिवर्तन र मानव केन्द्रित डिजाईनका बिषयमा जानकारी हासिल गरेको बताए । उनीहरुले नयाँ बिषयमा भएको जानकारीले आफु कार्यरत कार्यालयको सेवा प्रवाह सुधारमा सहयोग पुग्ने अपेक्षा गरे । उनीहरुले तालिमबाट सिकेको कुरालाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता गरे ।


तिन दिन सम्म सञ्चालीत तालिममा सामाजिक ब्यवहार परिवर्तन र मानव केन्द्रीत डिजाईनका विभिन्न बिषयमा युनिसेफ नेपालका प्रकाश आचार्य र सिनियर जनस्वास्थ्य अधिकृत करुणा भट्राई, हेमराज भट्ट, रबिन्द्र बोहराले सहजिकरण गरेका थिए । तालिममा बिरेन्द्रनगर नगरपालिका अन्तरगत २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । बासले युनिसेफ नेपालको सहयोगमा कर्णाली र सुदुरपश्चिम प्रदेशका १२ ओटा पालिकामा सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोणमार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • २७ असार २०८०, बुधबार प्रकाशित

  • Nabintech