सुर्खेतको वीरेन्द्रनगरमा एक दिने अभिमुखिकरण

असल शासन प्रतिनिधि

सुर्खेत ⁄समुदायमा अग्रपंतिमा रहेर काम गरिरहेका स्वास्थ्य स्वयम् सेविका र युवा स्वयम् सेवकहरुको सहभागितामा एक दिने अन्तर ब्यक्ति सञ्चार बिषयक अभिमुखिकरण सुर्खेतको वीरेन्द्रनगरमा गरिएको छ ।
युनिसेफ नेपालको सहयोग तथा बास नेपालको आयोजनामा उक्त अभिमुखिकरण गरिएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र देव गिरीले स्वास्थ्य सेवालाई घर दैलो सम्म पुर्याउन प्रमुख भूमिकामा रहेका स्वयम् सेविकाहरुका लागि तालिम निकै उपयोगी हुने विश्वास ब्यक्त गरे । प्रभावकारी सञ्चारका बिषयमा तालिम लिई आफ्नो कार्य क्षेत्रमा लागु गर्न उनले स्वयम् सेविकाहरुलाई अनुरोध गरे । अभिमुखिकरणको बिषय सान्दर्भीक भएको बताउदै प्रमुख गिरीले आगामी दिनमा नगरपालिकाले समेत क्षमता अभिबृद्धीका कार्यक्रम गर्ने बताए ।
अभिमुखिकरणको उद्धेश्यमाथि प्रकाश पार्दै युनिसेफ नेपालका प्रकाश आचार्यले जन्म दर्ता, खोप, सुरक्षित मातृत्व लगायत क्षेत्रमा सुधार ल्याउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।


अभिमुखिकरणमा खोप सम्बन्धी ज्ञापनको मापन, महिला स्वास्थ्य स्वयम् सेविकाबाट गरिने कामहरुको लेखाजोखा, खोप कार्यक्रमको अवस्था, अन्तरव्यक्ति सञ्चार शिप लगायतका बिषयमा युनिसेफ नेपालका प्रकाश आचार्य, बासका कार्यक्रम प्रबन्धक हेमराज भट्ट, अधिकृत रबिन्द्र बोहरा र भगवति बिसीले सहजिकरण गरेका थिए ।
अभिमुखिकरण तालिम पछि प्रतिक्रिया मन्तब्य राख्दै सहभागि स्वयम् सेविका भिमु रोकाया रिजालले तालिमबाट समुदायमा सन्देस प्रवाह गर्दा कसरी गर्ने भन्ने बिषयमा स्पष्ट जानकारी हासिल भएको बताईन् । उनले तालिम निकै प्रभावकारी भएको भन्दै यस्ता तालिमहरु गर्दा काम गर्न उत्प्रेरणा थप्ने बताईन् । सिकेको कुरालाई ब्यवहारमा लागु गर्ने उनको प्रतिबद्धता थियो । यस्तै तालिममा प्रतिक्रिया मन्तब्य राख्दै सहभागि नगर स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष प्रदिप न्यौपानेले समुहमा बस्दा एक आपसमा कसरी सञ्चार गर्ने भन्ने बिषयमा जानकारी भएको बताए । तालिम नौलो बिषय भएको बताउदै सिकेको कुरालाई बाल क्लब सञ्जालका अन्य पदाधिकारीहरुलाई समेत जानकारी गराउने जनाए ।


अभिमुखिकरणमा वीरेन्द्रनगर नगरपालिका अन्तरगत स्वास्थ्य स्वयम् सेविका, नगर स्तरीय बाल क्लब सञ्जाल, युवा स्वयम् सेवक गरी २२ जनाको सहभागिता रहेको थियो ।
बासले युनिसेफ नेपालको सहयोगमा कर्णाली र सुदुरपश्चिम प्रदेशका १२ ओटा पालिकामा सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोणमार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • २८ असार २०८०, बिहीबार प्रकाशित

  • Nabintech