पूर्व मन्त्री यादव पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बैङ्किङ कसुरमा लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री बिजय बहादुर यादवलाई पक्राउ परेका छन् ।

बाँकेको डुडुवा गाउँपालिका–१ होलिया घर भएका एमाले नेता पूर्ब  कृषि मन्त्री यादवलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले यादवलाई डुडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो ।

रुपन्देही जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा यादवको नाममा पक्राउ पुर्जी जारी गरे पछि जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरेको हो ।

  • ३१ असार २०८०, आईतवार प्रकाशित

  • Nabintech