सर्पदंश पीडितहरुको ज्यान बचाउँदै डाक्टर आचार्य

डाक्टर आचार्यलाई सम्मान

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सर्पदंशमा परेर बिरामी भएका धेरैको ज्यान बचाउने चिकित्सक हुन् – डाक्टर कृष्ण आचार्य ।

उनै भेरी अस्पताल नेपालगन्जमा कार्यरत आचार्यले प्युठानका एकैघरका दुई दिदीभाईलाई निको पारेका छन् ।

गत असार २५ गते बिहान ४ बजेको समयमा प्युठान नगरपालिका वडा नम्बर १, खैरा प्युठानका दिदीभाई १५ बर्षिया करीना बस्नेत र १० बर्षिय करन बस्नेतलाई बिस्तारामा सुतेकै समयमा सर्पले टोकेको थियो ।

सर्पले टोके पश्चात् उपचारका लागि उनिहरुलाई प्युठान जिल्ला अस्पताल बिजुवार लगिएको थियो । प्युठानमा उपचार असम्भव देखिएपछि प्युठान अस्पतालका डाक्टरहरुले भेरी अस्पताल नेपालगन्जमा कार्यरत डाक्टर कृष्ण प्रसाद आचार्यसँग समन्वय गरी डाक्टर आचार्यकै सरसल्लाह अनुसार उनिहरुलाई नेपालगन्ज ल्याइएको थियो ।

डाक्टर आचार्य विरामी बालबालिकाहरुको उपचारका लागि नेपालगन्जबाट दाङको घोराहीसम्म पुगेका थिए । घोराहीबाट एम्बुलेन्समै उपचार गर्दै थप उपचारका लागि उनीहरुलाई भेरी अस्पताल नेपालगन्ज ल्याइएको थियो ।

डाक्टर आचार्यकै रेखदेखमा उनीहरुको नेपालगन्जमा सफल उपचार सम्भव भएको थियो ।

बिरामी दिदीभाई सफल उपचार पश्चात् डिस्चार्ज भएका छन् ।

उनीहरु डिस्चार्ज भएपछि उपचारमा संलग्न डाक्टरलाई सम्मानित गरिएको छ । समयमै उद्दार र सफल उपचार गरेको भन्दै भेरी अस्पताल नेपालगन्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डाक्टर कृष्ण प्रसाद आचार्यलाई प्युठान नगरपालिका वडा नम्बर १, खैरा प्युठानका सर्पदंशमा परेका बालबालिकाका आफन्त तथा अभिभावकद्वारा आइतबार भेरी अस्पताल नेपालगन्जमा सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा बिरामीका आफन्त, अभिभावक तथा प्युठानबाट नेपालगन्ज आई विभिन्न पेशा व्यवसाय गर्ने व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

  • ३१ असार २०८०, आईतवार प्रकाशित

  • Nabintech