हुम्लाका घरघरमा स्टिकर अभियान

सुन्दर रावत

सिमकोट/जिल्ला प्रहरी कार्यालय, हुम्लाले जिल्लावासीको घरघरमा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ

प्रहरी र नागरिकबीच प्रत्यक्ष सम्बन्ध कायम गर्न र सूचनाको पहुँच सहज बनाउन यो अभियान प्रहरीले आइतबारबाट सुरु गरेको हो।

प्रहरीले सिमकोट गाउँपालिका- ५ को काठेचुली चोकका पदमबहादुर रावतको घरमा स्टिकर टाँसेर अभियानको सुरुवात ग‍रेकाे हाे।

अभियान जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले सुरु गरेका हुन्।

प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले सुरक्षित कर्णाली विशेष अभियान, २०८० अभियानअन्तर्गत जिल्लामा यो कार्यक्रम सुरु गरिएको जानकारी दिए। यस अभियानबाट कुनै पनि नागरिकले प्रहरीसँग प्रत्यक्ष रूपमा सम्पर्क गर्ने विश्वास प्रहरीकाे छ ।

स्टिकरमा प्रहरीको टोल फ्री नम्बर, सूचना अधिकारीको नम्बर र जिल्ला प्रहरी कार्यालयको नम्बर राखिएको छ। नागरिकले कुनै घटना भए सिधा यी नम्बरमा सम्पर्क गरेर प्रहरीलाई जानकारी दिन सक्नेछन् ।

प्रनाउ भट्टराईले छोटो समयमा नागरिकबाट प्रहरीले घटनाको जानकारी पाउँदा समयमै प्रहरी घटनास्थल पुग सहयोग पुग्ने बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शर्माले प्रहरीको यो अभियानले घटनामा कमी आउनुका साथै भएका घटनाकाे विवरण तत्काल प्रहरीमा पुग्ने विश्वास व्यक्त गरे।

उनले प्रहरी र नागरिकको सम्वन्ध पनि नजिक हुने र पीडितले तत्काल सहयोग पाउने पनि बताए । कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले प्रहरीबाट नागरिकको सुरक्षाका लागि राम्रो कामको थालनी भएको बताए । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले यो अभियानबाट कर्णालीका नागरिक सुरक्षित रहने विश्वास व्यक्त गरे।

  • १ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech