नेपालगन्ज रंगशालामा भ्रष्टाचारको गन्ध !

ईन्जिनियरले जिल्ला अध्यक्षलाई हप्काए, बिरोधमा ठोकियो ताला

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज रंगशालामा निर्माणाधिन संरचनामा भ्रष्टाचारको आशँका गरिएको छ ।

गुणस्तरहिन काम भईरहेको उल्लेख गर्दै जिल्ला खेलकुद विकास समितिले ध्यानाकर्षण गराउँदा राखेपले बेवास्ता गरेपछी जिल्ला समिती आन्दोलनमा उत्रेको छ ।

यसअघिनै निर्माणकार्य रोक्ने चेतावनी दिएका जिल्ला अध्यक्ष शाहलाई राखेपका इन्जिनियर चिरन्जीवी लम्सालले अश्लील शब्दसहित उल्टै हप्काएपछि जिल्लाले कारबाहीका लागि प्रदेश कार्यालयमा जिल्ला समिती पदाधिकारीहरुले ताला लगाएका छन् ।

नेपालगन्ज रंगशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काममा गम्भीर लापरबाही भइरहेको जानकारी गराएपनि राखेपले सुनुवाई नगरेको गुनासो जिल्ला अध्यक्ष सन्दीपजंग शाहको छ ।

प्रतिक्षा निर्माण कम्पनीले ११ करोड ६४ लाख ६४ हजार लागतमा ट्रयाक निर्माणको जिम्मा लिएर गरिरहेको काममा राखेपको निगरानी हुन नसक्दा मनपरि भएको शाहको भनाई रहेको छ  ।

  • १ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech