स्वास्थ्यकर्मीहरुकालागि क्षमता अभिबृद्धी तालिम शुरु

असल शासन प्रतिनिधि

महेन्द्रनगर । सामाजिक तथा व्यवहार परिवर्तन सञ्चार र मानव केन्द्रित डिजाईन पद्धती सम्बन्धी तिन दिने तालिम कन्चनपुरको भिमदत्तमा आज देखि शुरु भएको छ ।
युनिसेफ नेपालको सहयोग, भिमदत्त नगरपालिका कन्चनपुरको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त तालिम शुरु भएको हो ।


भिमदत्त नगरपालिका अन्तरगत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको तालिमको उद्घाटन कार्यक्रममा बोल्दै भिमदत्त नगरपालिका कार्य वाहक नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि निलम लेखकले तीन दिने क्षमता अभिबृद्धी तालिमले स्वास्थ्यकर्मीहरुको ब्यक्तिगत ब्यवहार र कार्यशैलीमा परिवर्तन ल्याउने विश्वास व्यक्त
गरिन् ।
सामाजिक ब्यवहार परिवर्तन हरेक ब्यक्तिका लागि आवश्यक हुने भन्दै तालिम पश्चात स्वास्थ्य सुधारमा सहयोग पुग्ने उनको भनाई थियो । उनले तालिमको आयोजना गर्ने युनिसेफ नेपाल र बास नेपाललाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा सहकार्य मार्फत गर्ने हरेक कार्यका लागि नगरपालिका तयार रहने प्रतिबद्धता गर्दै तालिमको सफलताको शुभकामना ब्यक्त गरिन् ।


उद्घाटन सत्रमा तालिमको उद्धेश्य माथि प्रकास पार्दै युनिसेफ नेपालका प्रकाश आचार्यले नेपाल सरकारको खोप सम्वन्धि प्राथमिकतामा सहयोग पुर्याउने उद्देश्यले खोप नलगाउने कारण र अवरोधको‌ पहिचान गरी ५ वर्ष मुनिका सुन्य डोज र छुटेका बालबालिकाको पहुँच र उपभोगमा वृद्धि गर्ने बताए ।
बासका अनुगमन अधिकृत हरि प्रसाद जोशीले सञ्चालन गरेको उद्घाटन सत्रमा धन्यबाद ज्ञापनसहित कार्यक्रमको समापन बास कंचनपुर शाखाका कार्यवाहक अध्यक्ष चक्र प्रसाद पन्तले गरेका थिए ।
उद्घाटनमा भिमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखक, स्वास्थ्य शाखा प्रमुख नरेन्द्र प्रसाद जोशी, युनिसेफ नेपालका प्रकाश आचार्य, प्रशिक्षक अशोक जोशी लगायतको उपस्थिती रहेको थियो ।
तीन दिने तालिममा सामाजिक ब्यवहार परिवर्तनका विभिन्न बिषयमा युनिसेफ नेपालका आचार्य र प्रशिक्षक अशोक जोशीले सहजिकरण गर्ने कार्ययोजना रहेको छ । तालिममा भिमदत्त नगरपालिका अन्तरगत २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । तालिम ४ गते समापन हुनेछ ।

 

  • २ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech