मिलाप संस्थाको सामाजिक परीक्षण सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज/मिलाप संस्थाको सामाजिक परीक्षण सम्पन्न भएको छ ।

मिलाप संस्थाले जानकी गाउँपालिकाको वडा नम्वर २ र ३ मा सञ्चालन गरेको अवसर परियोजनाको सामाजिक परीक्षण सम्पन्न गरिएको हो । सामाजिक परीक्षण अन्तरगत प्रारम्भिक प्रतिबेदन प्रस्तुतिकरण कार्यक्रम २०८० असार २९ गते जानकी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।

संस्थाका अध्यक्ष रमेश राज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सुनारले कार्यक्रमको प्रगति प्रश्तुतीकरण गरेका थिए भने सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षणको प्रतिबेदन प्रश्तुत गरेका थिए । प्रश्तुत प्रतिबेदनमा सहभागिहरुले छलफल गरेका थिए । सहभागिहरुले परियोजना प्रभावकारी रहेको, परियोजनालाई बिस्तार गर्नुपर्ने सुझाव दिएका थिए ।

संस्थाकी कार्य समिति सदस्य प्रतिक्षा गिरीले सहजिकरण गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छव्वल खाँको उपस्थिती थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उपाध्यक्ष रामप्यारी यादव, वडा नम्वर २ का वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, कार्यपालिका सदस्य राजेन्द्र सिंह, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख कल्पना गाह मगर, बिपद व्यवस्थापन शाखा प्रमुख राजेन्द्र प्रसाद बाजपेई लगायतले बोलेका थिए । बोल्ने बक्ताहरुले परियोजना प्रभावकारी रहेको बताउँदै परियोजनाको निरन्तरताको अपेक्षा राखेका थिए ।

 

  • ४ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech