नेपालगन्ज १२ मा चिडिमार

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बास नेपालको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ ईकाई गुनर्गठन भएको छ । पुनर्गठित ईकाईको अध्यक्षमा रामु चिडिमार चयन भएका छन् ।
पुनर्गठित ईकाईको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश सुनिता चिडिमार, सपना परियार, स्वेता तिवारी र हंसलाल चिडिमार चयन भएको छन् ।

समितिको सदस्यहरुमा क्रमश अनुसा चिडिमार, सावन कुमारी चिडिमार, सुवाष बहलिया, प्रदिप चिडिमार, मुन्नु चिडिमार र हेमराज चिडिमार चयन भएका छन् ।
ईकाई पुनर्गठन पश्चात नव निर्वाचित अध्यक्ष रामु चिडिमारले बेलासपुरको सडकमा स्थानियहरुले बाख्रा बाध्ने गरेर सडक साँघुरो र फोहोर भएकाले अब त्यस सडकलाई पशु रहित खुल्ला सडक बनाउने प्रतिबद्धता जाहेर गरेका थिए। असल शासनको क्षेत्रमा लाग्न प्रेरित गर्दै आफुलाई ईकाईको अध्यक्ष जस्तो पदमा चयन गरेपछि अबको यात्रा आफैबाट अर्थात आफ्नै गाँउ टोलबाट शुरुवात गर्ने उनले बताए ।


१२ नम्बर ईकाई पुनर्गठित भेलामा बास नेपालका कार्यबाहक अध्यक्ष शिवकुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, केन्द्रीय सदस्य तपेन्द्र मलाती, पुर्ब केन्द्रीय सचिव बिबेक पराजुली, लुम्बीनी प्रदेश सदस्य प्रदिप बोहरा, जनसम्पर्क अधिकृत माधव कार्की र गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका पुर्ब अध्यक्ष तेज बिक्रम शाहको उपस्थिति रहेको थियो ।
बास नेपाल बाँके शाखाकी अध्यक्ष शोभा थापा मगरको अध्यक्षतामा आयोजित भेलामा बाँके शाखाका सदस्य अशोक रावलले स्वागत मन्तब्य राखेका थिए भने बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र मलातीले कार्यक्रम सञ्चालन गरेका थिए ।

  • ५ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech