पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

असल शासन प्रतिनिधि

दैलेख/ दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नम्बर ३, मा रहेको सिचाईँ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८ वर्षीय बिपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगर रहेका छन्।

बिहीबार साझ ६ बजेको समयमा उनिहरूको पोखरीमा डुबेर मृत्युु भएको स्थानीयले जानकारी दिएका छन् । उनिहरू दुबै जनाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

  • ५ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech