शिखरमा क्षमता अभिबृद्धी तालिम शुरु

असल शासन प्रतिनिधि

डोटी /डोटी जिल्लाको शिखर नगरपालिकामा सामाजिक व्यवहार परिवर्तन सम्बन्धि तीन दिने तालिम आज देखि शुरु भएको छ ।
युनिसेफ नेपालको सहयोग, शिखर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा स्वास्थ्यकर्मीहरूका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन भएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका नगर प्रमुख तथा यस कार्यक्रमका प्रमुख अतिथि दिर्घ बहादुर बलायरले तीन दिने क्षमता अभिबृद्धी तालिमले स्वास्थ्यकर्मीहरुको ब्यक्तिगत ब्यवहार र कार्यशैलीमा परिवर्तन ल्याउने बताएका । उनले भने सामाजिक ब्यवहार परिवर्तन हरेक ब्यक्तिका लागि आवश्यक हुन्छ, स्वास्थ्यको क्षेत्रमा नगरपालिकाबाट हुने सहयोग सधैं निरन्तर रहनेछ । शिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिश शाहीले युनिसेफ र बास नेपालले शिखर नगरपालिकाको स्वास्थ्य सुधारका लागि गरेको सहकार्यको लागि धन्यबाद ज्ञापन गर्दै तालिमको सफलताको शुभकामना ब्यक्त गरे । उद्घाटन सत्रमा तालिमको उद्धेश्य माथि प्रकास पार्दै युनिसेफ नेपालका प्रकाश आचार्यले नेपाल सरकारको खोप सम्वन्धि प्राथमिकतामा सहयोग पुर्याउने उद्देश्यले खोप नलगाउने कारण र अवरोधको‌ पहिचान गरी ५ वर्ष मुनिका सुन्य डोज र छुटेका बालबालिकाको पहुँच र उपभोगमा वृद्धि गर्ने बताए ।


बासका अनुगमन अधिकृत हरि प्रसाद जोशीले स्वागत गरेको उद्घाटन सत्रको सञ्चालन बासका शरिता कठायतले गरेकी थिईन् ।
उद्घाटनमा शिखर नगरपालिकाका नगर प्रमुख, विभिन्न शाखा प्रमुखहरु र स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । तीन दिने तालिममा सामाजिक ब्यवहार परिवर्तनका विभिन्न बिषयमा युनिसेफ नेपालका प्रकाश आचार्य र प्रशिक्षक अशोक जोशीले सहजिकरण गर्ने कार्ययोजना रहेको छ ।

  • ६ श्रावण २०८०, शनिबार प्रकाशित

  • Nabintech