मलामी बोकेको ट्याक्टर दूर्घटना

असल शासन प्रतिनिधि

अछाम/अछाममा मलामी बोकेको ट्याक्टर दूर्घटना हुदा एक जनाको घट्ना स्थमै मृत्यु भएको छ ।
अछामको पञ्चदेवल बिनायक नगरपालिका कालिकास्थानको मोडमा आईतवार ट्याक्टर दूर्घटना हुदा अछाम तोलि निबासि बिर्ख विकको घटना स्थलमै मृत्यु भएको हो ।
पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ कालिका स्थान बाट जादै गरेको उक्त ट्याक्टरमा सवार सबै ३३ जना मलामी घाईते भएको स्थानीय महेश जैसीले असल शासनलाई बताए । ट्रलीमा सवार रहेका मध्ये ९ जना गम्भिर घाईते भएको प्रत्यक्षदर्शी महेश जैशीले बताए्। घाईतेलाई जिल्ला प्रहरी र स्थानिय पालिकाको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको बताईएको छ ।

  • ७ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech