पुरैनामा सरिता

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनामा बास नेपालको ईकाई पुनर्गठन भएको छ ।

बास नेपालका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्मा, केन्द्रीय सदस्य तपेन्द्र मलाती, जनसम्पर्क अधिकृत माधव कार्की, बास बाँके शाखाका कोषाध्यक्ष शुद्ध प्रसाद चौधरीको समुपस्थितिमा ११ सदस्यीय ईकाई कमिटि पुनर्गठन गरिएको हो ।

सरिता बिकको अध्यक्षतामा पुनर्गठित ईकाई कमिटिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश स्नेहा शेष, राहुल भुजुवा, बिष्णु गुप्ता र रोजिना बिसी चयन भएका छन् ।

कमिटिका अन्य सदस्यहरुमा क्रमश नैना गुप्ता, नानीमाया जैशी, लल्लु खान, समा शेष, जाबिर अलि दर्जी र साबित्री साहु रहेका छन।

बास नेपाल बाँके शाखाकी अध्यक्ष शोभा थापा मगरको अध्यक्षतामा आयोजित भेलामा बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र मलातीले स्वागत तथा पुनर्गठन प्रक्रिया र बास संस्थाको बारेमा जानकारी गराएका थिए भने बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले गठत ईकाई समितिका पदाधिकारीहरलाई बधाई तथा शुभकामना दिनुका साथै बास नेपाल संस्थागत गतिबिधिहरु बारे जानकारी गराएका थिए ।

कार्यक्रम बास नेपालका जनसम्पर्क अभिकृत माधव कार्कीले सञ्चालन गरेका थिए ।

  • ९ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech