शिखरमा क्षमता अभिबृद्धी तालिम उपयोगी

असल शासन प्रतिनिधि

डोटी/डोटी जिल्लाको शिखर नगरपालिकामा सामाजिक व्यवहार परिवर्तन सम्बन्धि तीन दिने तालिम साउन ८ गते सम्पन्न भएको छ ।
युनिसेफ नेपालको सहयोग, शिखर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो। शिखर नगरपालिकाको सभाहलमा साउन ६ गते शनिबार देखि सञ्चालन भएको तालिमको समापन कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तालिम उपयोगी हुने बताए । उनले तालिमबाट सिकेको कुरालाई कार्य क्षेत्रमा लागु गर्न सबै सहभागिहरुलाई अनुरोध गरे । शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले स्वास्थ्यकर्मीहरू प्रत्येक नागरिक सम्म जोडीएकाले जन अपेक्षा अनुरुप काम गर्नुपर्ने बताइन् । बास नेपालले गर्ने हरेक क्रियाकलापमा नगरपालिकाको पूर्ण साथ र सहयोग रहने उनको प्रतिबद्धता थियो ।


शिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिश शाहले स्वास्थ्यकर्मीहरुलाई बालबालिकाहरूको स्वास्थ्य चेकजाँच र खोपमा बिशेष ध्यान दिन अनुरोध गरे । समापन कार्यक्रममा प्रतिक्रिया मन्तब्य राख्दै सहभागि हेमा जोशीले सामाजिक व्यवहार परिवर्तन तथा सञ्चार सम्बन्धि तीन दिने तालिम प्रभावकारी भएको बताइन् । तिन दिने तालिमका प्रशिक्षक असोक जोशीले नेपाल सरकारको खोप सम्वन्धि प्राथमिकतामा सहयोग पुर्याउने उद्देश्यले खोप नलगाउने कारण र अवरोधको‌ पहिचान गरी ५ वर्ष मुनिका सुन्य डोज र छुटेका बालबालिकाको पहुँच र उपभोगमा वृद्धि गर्ने विश्वास ब्यक्त गरे ।
समापन कार्यक्रममा शिखर नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, विभिन्न शाखा प्रमुखहरु र स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । तीन दिने तालिममा सामाजिक ब्यवहार परिवर्तनका विभिन्न बिषयमा युनिसेफ नेपालका प्रकाश आचार्य र प्रशिक्षक अशोक जोशीले सहजिकरण गरेका थिए कार्यक्रममा १ देखि ११ वडाका स्वास्थ्य शाखाका २० जना स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

  • ९ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech