किन हटाईयो भ्रष्टाचार बिरुद्धको सन्देश

शुद्ध प्रसाद चौधरी

कुरा नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रको हो । जहाँ बिद्युत अनियमितताका बिरुद्धमा बास नेपालको अगुवाईमा असार ३ गते कार्यालय घेराउ गरिएको थियो । बिद्युत अकर्मण्यताका बिरुद्ध हामीले सडकमा सुतेर बिरोध गरेका थियौं ।

भित्ते लेखन मेटाईएको दृश्य ।

त्यसको केही दिनमा बास नेपालले बिद्युतको घेरा पर्खालमा सोही कार्यालयको अनुमति लिएर लेखेको भ्रष्टाचार बिरुद्धको भित्ते लेखन मेटाएको तस्वीर हामीले पायौं । सो बारे हामीले बिद्युत प्राधिकरणलाई लिखित जानकारी माग्यौं, सो कार्यालयले २०८० साउन ३ गते गोलमटोल पत्र पठाएर सो स्थानमा जानकारीमुलक सन्देश राखेको जानकारी दिएको छ ।

यसरी पूर्वाग्रह साँध्नका लागि भ्रष्टाचार बिरुद्धको सन्देश मेटाउने काम भएको छ । यो गैरजिम्मेवार कार्यको जति निन्दा गरे पनि कम हुन्छ ।

 

  • ९ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech