संघ संस्थाहरुमा एकताको खाँचो

माधव कार्की

– तारा प्रसाद खत्री, अध्यक्ष
समाज सुधार कार्यक्रम नेपाल, बाँके

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– २०६२ सालमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएको यस संस्थाले द्वन्द्व व्यवस्थापन, शिक्षा, स्वास्थ्य, बातावरण, आयआर्जन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

२. यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायहरुसँग रहेको छ ?
– बिभिन्न संघ, संस्था, तीनवटै तहका सरकारसँग हाम्रो सहकार्य रहेको छ ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– पछाडी परेका र पारिएका बर्गका लागि हामीले काम गरिरहेका छौं ।

४. हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?
– क्षमता अभिबृद्धि र सिपमुलक तालिमहरुनै उल्लेखनिय कार्य हुन् ।

५.सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– संस्थाहरु बारेको नकारात्मक सोचाई र हेराईनै प्रमुख चुनौती हुन् ।

६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– सञ्चालित कार्यहरुको निरन्तरताका साथै लागु औषध बिरुद्ध कार्य गर्ने उद्धेश्य रहेको छ ।

७. अन्त्यमा के भन्नुहुन्छ ?
– सबै संघ संस्थाहरुमा एकताको खाँचो रहेको छ ।

  • ९ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech