घरबारीटोलमा बासको ईकाई पुनर्गठन

असल शासन प्रतिनिधि

नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलमा बास नेपालको ईकाई पुनर्गठन भएको छ ।

बास नेपालका केन्द्रीय उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख शिवकुमार बर्मा,बास नेपालका पुर्ब केन्द्रीय सदस्य मणीराम बटाला,बास बाँके शाखाका कोषाध्यक्ष शुद्ध चौधरी र नेपालगञ्ज उपमहानगर पालिका वडा नम्बर २ का वडा सदस्य गिता देबी रानाको समुपस्थितिमा बास नेपालको १५ सदस्यीय ईकाई कमिटि पुनर्गठन गरिएको हो ।

नुरजहाँ राईको अध्यक्षतामा पुनर्गठित ईकाई कमिटिको उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमश सलिन हलवाई,अभिशेष बैश्य,सुमित कुमार शाहु र अमृता सिंह चयन भएका छन् ।

त्यसैगरी कमिटिका अन्य सदस्यहरुमा क्रमश करिस्मा घरुख,बबिता घरुख,सुरक्षा गोडीया,सुबित्रा शाहु,रोशन अलि,सालिनी कोरी,अञ्जली शाहु,बिनोद काँदु र साहिल अन्सारी रहेका छन भने बाँकी एक जना सदस्य ईकाई कमिटिको पहिलो बैठकबाट मनोनित गरिने छ । ईकाई कमिटिको सल्लाहकारमा सुनिल सिंह हमाल र मणिराम बटालाई चयन गरिएको छ ।

बास नेपाल बाँके शाखाकी अध्यक्ष शोभा थापा मगरको अध्यक्षतामा आयोजित भेलामा बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र मलातीले स्वागत तथा पुनर्गठन प्रक्रिया र बास संस्थाको बारेमा जानकारी गराएका थिए भने बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले पुनर्गठित ईकाई समितिका पदाधिकारीहरलाई बधाई तथा शुभकामना दिनुका साथै बास नेपाल संस्थागत गतिबिधिहरु बारे जानकारी गराएका थिए । कार्यक्रम बास नेपालका कार्यक्रम अभिकृत रबिन्द्र बोहराले सञ्चालन गरेका थिए ।

  • ९ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech