मध्यरातमा स्वास्थ्य कार्यालयले लगायो आगो

स्वास्थ्य कार्यालयसँग सूचना माग 

असल शासन प्रतिनिधि

बाँके/स्वास्थ्य कार्यालय बाँकेसँग सूचना माग गरिएको छ ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्जका तीन युवाहरुले सूचना माग गरेका हुन् ।
नेपालगञ्ज १२ का नमस्कार शाह,  नेपालगञ्ज १० का मन भण्डारी र माधव कार्कीले संयुक्त रुपमा सूचना माग गरेका हुन् ।
२०८० साउन ७ गते स्वास्थ्य कार्यालयद्वारा नेपालगञ्ज १० मा रहेको कार्यालयको घेरा पर्खाल भन्दा बाहिर पुरै टोललाई असर पार्ने गरि बस्तु जलाईएपछि सो बारे सूचना माग गरिएको हो ।
सूचना मागकर्ताहरुले स्वास्थ्य कार्यालय जस्तो महत्वपूर्ण कार्यालयबाट टोललाई असर पार्ने गरि बस्तु जलाउनुको कारण मागेका छन् । स्वास्थ्य कार्यालयले स्वास्थ्यको मापदण्ड अवलम्वन नगरि बातावरणलाईनै असर पार्ने गरि राती जलाउनुको कारण माग्दै सूचना मागकर्ताहरुले यस बाट पर्न गएको असरको जिम्मेवारी कसले लिने ? भन्ने प्रश्न गरेका छन् ।
स्वास्थ्य कार्यालयबाट भएको गम्भिर यो गल्ति बारे आमरुपमा मागि माग्नु पर्छ कि पर्दैन भन्ने प्रश्न गर्दै मागकर्ताहरुले कार्यालयबाट उत्पादन हुने फोहर बस्तु बिसर्जन गर्ने, व्यवस्थापन गर्ने कार्यालयको योजना, रणनीति माग गरेका छन् ।

  • १० श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech