विद्यालयमा अभिमुखिकरण

रबिन्द्र बोहरा

सुर्खेत /वीरेन्द्रनगर नगरपालिका वडा नं १२ को नेवारे अमर ज्योति नमूना माध्यामिक विद्यालयमा खोप, जन्मदर्ता र बालविावहको विषयमा अभिमुखिकरण प्रादन गरिएको छ । बुधबार सम्पन्न उक्त अभिमुखिकरण कार्यक्रम कक्षा १० मा अध्ययनरत छात्रा छात्राहरुलाई लक्ष्ति गरिएको थियो ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा संचालित सामाजिक व्यवहार परिर्वतन परियोजना अन्तगर्त उक्त अभिमुखीकरण प्रदान गरिएको हो । ६५ जना विद्यार्थीको सहाभागिता रहेको अभिमुखिकरणको सहजिकरण बास नेपालका सामाजिक परिचालन भगवती वि.सि. र सुर्खेत शाखाका काषाध्यक्ष सिर्जना शाहीले गरेकी थिइन् ।

अभिमुखिकरणमा जन्मेको ३५ दिन भित्र अनिवार्य जन्मदर्ता गराउनु पर्ने तथा नेपालमा जन्मेको कुनै पनि बालबालिकाले जन्मदर्ता पाउनबाट बञ्चित गर्न नहुने कुरा सहजकर्ता वि.सि.ले जानकारी गराइन भने जन्मे देखि १५ महिना भित्र अनिवार्य रुपमा सबै बालबालिकालाई खोप लगाइनु पर्ने तथा कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित गर्न नहुने र सो खोपको तालिकाबारे सहजकर्ता सिर्जना शाहीले प्रष्ट पारेकी थिइन् । अभिमुखिकरणमा कोभिड खोप तथा बाल विवाहको बारेमा समेत जानकारी प्रदान गरिएको थियो ।

  • १० श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech