भ्रष्टाचार विरुद्ध नेपालगन्जमा कालो पट्टि

असल शासन प्रतिनिधि

नेपालगन्ज/ दिनानुदिन बढिरहेको भ्रष्टाचारका विरुद्ध नेपालगन्जमा बिरोध प्रदर्शन गरिएको छ ।

बास नेपाल बाके शाखाको आयोजनामा नेपालगन्जको गणेशमान चौकमा कालो पट्टि बाँधेर बिरोध प्रदर्शन गरिएको हो ।

कार्यक्रममा सहभागी नागरिक समाजका अगुवाहरुले पछिल्लो समयमा एक पछि अर्को गरि भ्रष्टाचारका कान्डहरु सार्वजनिक हुन थालेको उल्लेख गर्दै भ्रष्टाचार काण्डका दोषीहरूलाई हदै सम्मको कार्वाही गर्न माग गरे ।

कार्यक्रममा बोल्दै गैसस महासँघ नेपालका केन्द्रीय सदस्य तथा भ्रष्टाचार विरुद्धका अभियन्ता नमस्कार शाहले डेढ क्विन्टल सुन काण्ड, ललिता काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कार्वाही गर्न मागे गरे ।

उनले बिगतका सबै भ्रष्टाचार काण्डका फाईलहरु खोलेर छानबिन गर्न सरकारसङ्ग माग गरे ।

बास नेपालका संस्थापक सल्लाहकार उप-प्राध्यापक रुद्र प्रसाद तिमिल्सिनाले देशको नेतृत्वमा रहेका नेताहरुको नियत खराव भएकाले मुलुक भ्रष्टाचारको दलदलमा फसेको बताए ।

भ्रष्टाचार विरुद्ध ऐक्यबद्धता जनाउँदै गैसस महासँघ नेपाल बाँकेका पूर्व अध्यक्ष तेजबिक्रम शाहले मुलुकलाई संकटबाट बचाउन भ्रष्टाचारको अन्त्य हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीले सुशासनका लागि सबै एक हुनुपर्ने बताए ।

बास नेपालका अधिकृत रबिन्द्र बोहराले संचालन गरेको कार्यक्रमको समापन बाँके शाखा अध्यक्ष शोभा थापा मगरले समापन गरेकी थिईन् ।

कार्यक्रममा ५० बढिको सहभागिता रहेको थियो । सहभागिहरुले भ्रष्टाचार विरुद्ध सन्देश प्रवाह गरेका थिए ।

  • ११ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech