युवाहरुको जोश देखेर उत्साहित-समाजसेवी शर्मा

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बास नेपालका युवाहरुहरुले भ्रष्टाचार बिरुद्धका अभियानलाई सशक्त रुपमा अगाडी बढाएको देखेर आफुमा उत्साह थपिएको नेपाल रेडक्रस सोसाईटीका पुर्ब केन्द्रीय उपाध्यक्ष तथा समाजसेवी अजित कुमार शर्माले बताए ।

शर्माले सो कुरा बिहिबार बास नेपालले नेपालगञ्ज उपमहानगरपालिका १२ नम्बर वडा ईकाई कार्यालय उद्घाटनको अवसरमा बताएका हुन । कार्यालय उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका शर्माले धेरै संघ सस्थाहरु मध्ये एकदमै मन पर्ने सस्था बास नेपाल हो । आफू उमेरको उत्तरार्धमा पुगे पनि बास नेपालका युवाहरुको सहकार्य देखेर मलाई पनि जोश जाँगर आउने गरेको बताउँदै बास नेपालको ईकाई कार्यलयको बिधिवत रुपमा उद्घाटन गरेर रास्ट्रब्यापी सन्देश दिएको बताए ।

त्यस्तै ईकाई कार्यालय उद्घाटन कार्यक्रमका अर्का अतिथि तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्यले कार्यक्रममा बोल्दै भ्रस्टाचार विरुद्ध ख्याती प्राप्त सस्था बास नेपालले ईकाइ कमिटीको कार्यालय स्थापना गरेकोमा धन्यबाद दिनुका साथै बास नेपालले आफ्नै वडामा असल शासनको वडा कार्यलय स्थापना गरेकाले आफुलाई झनै सुशासन को क्षेत्रमा काम गर्न सहज हुने आश लिएको बताए ।

बास नेपाल ईकाई कमिटिका अध्यक्ष रामु चिडिमारले बास नेपालको अभियान लाई अगाडि बढाउन कार्यलय स्थापना गरि अगाडी बढ्न अभिप्रेरित गरेकाले आफु कमिटी गठन मात्र भन्दा पनि कमिटिलाई सक्रिय पारेर लैजाने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
प्रमुख अतिथि शर्माले रिबन काटेर कार्यालय उद्घाटन गरिएको कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष बिव कुमार बर्मा,पुर्ब अध्यक्ष मन भण्डारी,कार्यकारी निर्देशक नमस्कार शाह,बाके शाखा अध्यक्ष शोभा थापा मगर,जनसम्पर्क अधिकृत माधव कार्कीको उपस्थिति रहेको थियो ।

१२ नम्बर ईकाई कमिटिका अध्यक्ष रामु चिडिमारको अध्यक्षतामा भएको कार्यक्रममा ईकाई कमिटिका सचिव सपना परियारले स्वागत मन्तब्य राखेकी थिईन भने कमिटिका सह सचिव स्वेता तिवारीले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

  • ११ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech