नेपालगन्जमा सिने रोयल

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जमा २५ करोडको लागतमा निर्माण भएको लग्जरी मल्टिप्लेक्स सिनेमा हल सिने रोयलको उद्घाटन भएको छ ।

बिहीवार उद्घाटन गरिएको सिने रोयल थ्री वे डल्बी एटमस साउण्ड सिस्टम र फोर के लेजर प्रोजेक्टर प्रोजेक्सनमा आधारित मल्टिप्लेक्स सिनेमा हलमा एकैपटक ३ वटा फिल्म संचालन हुने बताईएको छ ।

२५ करोड लागतमा निर्माण सम्पन्न भएको सिने रोयलमा लक्जरी २ सय ५० जना सिट क्षमताका दुई वटा हल र अपाङ्तामैत्री पूर्वाधारसहितको १ सय ५० सिट क्षमताको एउटा हल रहेको छ ।

संचालक डाक्टर राहुल थापाका अनुसार हलमा नेपाली तथा विदेशी सबै प्रकारका फिल्म प्रदर्शन हुनेछन् ।

हलमा संयुक्त राज्य अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउण्ड सिस्टम रहेको छ । सबै अडिटोरियमहरूमा प्रक्षेपण प्रणाली बेल्जियमबाट २०,००० लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डीप्रिजमसिल्भर स्क्रिन र हङकङबाट ३ बीम गेट–डी थ्रीडी प्रणालीको साथ छन्, जसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजन प्रदान गरिनेछ ।

चर्चित हाडजोर्नी रोग विशेषज्ञ डाक्टर बिनोद थापा र साँसद डाक्टर धवल शमशेर राणाले हलको उद्घाटन गरेका थिए ।

  • १३ श्रावण २०८०, शनिबार प्रकाशित

  • Nabintech