स्थानीय सरकारको प्राथमिकता सुशासन

असल शासन प्रतिनिधि

नेपालगञ्ज/अपिहिमाल गाउँपालिका दार्चुलाका अध्यक्ष भगत सिंह ठेकरे बोहराले स्थानीय सरकारको प्राथमिकता सुशासन हुनुपर्ने बताएका छन् ।

मुलुक नयाँ शासकिय प्रणालीमा गईसकेपछि गाउँ, गाउँमा आएको सिंहदरवारको अधिकारलाई कार्यान्वयन गर्दै सुशासन स्थापना गर्ने कर्तव्यलाई कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

बास नेपालको आयोजनामा  केन्द्रीय कार्यालय नेपालगञ्जमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले पालिकालाई सुशासनयुक्त बनाउन आफु लागिरहेको बताए, उनले ५ बर्ष भित्र सुदुरपश्चिमकै उत्कृष्ठ पालिका बनाउने तवरले अघि बढिरहेको बताए ।

उनले सुशासन बाहालिका लागि बास नेपालले पुर्याएको योगदानको चर्चा गरे ।

कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारीले पालिका अध्यक्ष ठेकेर

बोहरालाई पुष्प गुच्छा सहित दोसल्ला ओढाएर स्वागत सम्मान गर्नुका साथै बास नेपालका प्रकाशनहरु प्रदान गरेका थिए ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा अध्ययन गरेका ठेकरे बोहरा बास नेपालका साधारण सदस्य समेत हुन् ।

कार्यक्रममा बिद्यार्थी नेता शुर्य घर्ति मगर लगायतको उपस्थिती रहेको थियो ।

 

  • १४ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech