धनगढीमा एकदिने अभिमुखिकरण

असल शासन प्रतिनिधि

धनगढी १५ साउन/ कैलालीको धनगढी उपमहानगरपालिकामा सामाजिक व्यवहार परिवर्तन सम्बन्धि एक दिने अभिमुखिकरण सम्पन्न भएको छ ।

युनिसेफ नेपालको सहयोग, धनग उप–महानगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा महिला स्वास्थ्य स्वयम् सेविका तथा स्वयमसेवक लागि एक दिने अन्तर वैयक्तिक सञ्चार बिषयक अभिमुखिकरण सञ्चालन भएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्याल कैलालीका कार्यालय प्रमुख लालबहादुर धामीले धनगढी उपमहानगरपालिकामा बालबालिकाहरुलाई नियमित खोपमा जोड् दिनुपर्ने बताए । उनले मुस्लीम समुदायमा अझैपनि धेरै बालबालिाकहरु खोपबाट बन्चित भईरहेको बताउदै उक्त क्षेत्रमा अभियाननै सञ्चालन गर्नुपर्ने बताए ।

यस्तै पछिल्लो समय धनगढीमा डेङ्गुको संक्रमण बढ्दै गएको र यसको नियन्त्रणको लागि महिला स्वास्थ्य स्वयम् सेविका तथा स्वयमसेवकहरुले फिल्डमा खटिनुपर्ने धारणा राखे । उनले महिनाको पहिलो हप्ता सबैले डेङ्गु नियन्त्रणमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरक्षक भुपेन्द्र महराले धनगढी प्रदेशको राजधानी भएको र यहाँ ठुलोसंख्यामा मानिसहरुको बसोबास रहेकोले उच्च जोखीममा रहेको बताए । उनले खोपको क्षेत्रमा नगरपालिकाले निरन्तर कामहरु गर्दै आईरहेको र थप कामहरु सहकार्यमा गर्ने धारणा व्यक्त गरे ।

यस्तै उद्घाटन सत्रमा तालिमको उद्धेश्य माथि प्रकास पार्दै बास नेपालका हरि जोशीले नेपाल सरकारको खोप सम्वन्धि प्राथमिकतामा सहयोग पुर्याउने उद्देश्यले खोप नलगाउने कारण र अवरोधको पहिचान गरी ५ वर्ष मुनिका सुन्य डोज र छुटेका बालबालिकाको पहुँच र उपभोगमा वृद्धि गर्ने बताए ।

बास नेपाल कैलालि जिल्ला शाखा अध्यक्ष चिरञ्जीवि छेडालको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन भएको कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम् सेविका र स्वयमसेवकहरुको सहभागिता रहेको थियो ।

यस्तै अभिमुखिकरण कार्यक्रममा सामाजिक ब्यवहार परिवर्तनका विभिन्न बिषयमा युनिसेफ नेपालका प्रशिक्षक अशोक जोशी र बास नेपालका कार्यक्रम अधिकृत हरि जोशीले सहजिकरण गरेका थिए ।

  • १४ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech