सडकमा बिकासे अड्डाहरुको रजाईं

किन पार्छाै सडकलाई छिया, छिया ?

मन भण्डारी

नेपालगन्ज/ नेपालगन्ज उप–महानगरपालिकाको राँझादेखि जमुनाहसम्मको रत्न राज मार्ग बाँके जिल्लाकै सबै भन्दा अति ब्यस्त सडक खण्ड हो । उक्त सडक खण्डमा चारलेन सडक निर्माण सम्मन्न भएको धेरै वर्ष भएको छैन । सडक निर्माण भएपछि पनी मुख्य सडकको बिभिन्न भागमा खाल्डा, खुल्टि पर्ने र टालटुल गर्ने काम भने लामो समय देखि चलिनै रहेको छ ।

समय, समयमा सडकका बिभिन्न ठाउँमा भत्किने, खानेपानीको पाइप फुटेर सडकनै हिलाम्मे हुने र खाल्डा पर्ने समस्या खेपिरहेको यो सडक खण्डको केहि समय अघि मात्रै झण्डै ११ किलोमिटर सडक स्तरोन्नति भएको थियो । करिव २४ करोड बढी रकम खर्च गरी नेपालगन्ज अन्तर्गत जमुनाह–राँझा सडक स्तरोन्नति सम्पन्न भएको थियो । उक्त कार्य सम्पन्न भएको केही सममै सडकको बिभिन्न भाग भत्काउने कार्य शुरु भएको छ । सडक निर्माण गर्ने क्रममा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय नहुँदा सडक भत्काउने गरिएको र जसका कारण राज्य कोषको दुरुपयोग भइरहेको स्थानीयहरु बताउँछन् ।

बिधुत प्राधिकरण, नेपाल टेलिकम, सडक विभाग, खानेपानी संस्थान लगायत निकायले सडक क्षेत्रमा विकास गर्ने नाममा जथाभावी विनासको कार्य गर्दै आएका छन् । केहि समय अघि ‘ट्राफिक लाइट’ जडान गर्ने भन्दै नेपालगन्जको सुर्खेतरोड सडकखण्डको बिभिन्न ठाउँमा जथाभावी रुपले खनेर छोडिएको छ । उक्त कार्यको नागरिक स्तरबाट चौतर्फिक रुपमा बिरोध भइरहेको छ ।

सडक विभागले सुर्खेत रोडको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा ट्राफिक लाइट जडान गर्नका लागि जमिन मुनि तार बिछ्याउने भन्दै सडक भत्काएको बताएको छ । भर्खरै सम्पन्न गरिएको अस्फाल्ट प्रविधिको कालोपत्रे सडक जथाभावी भत्काइएकोमा नेपालगन्जका नागरिक अगुवाहरुले सामाजिक सञ्जालमा आक्रोश ब्यक्त गरेका छन् ।

ट्राफिक लाइट जडानको नाममा सडक भत्काइएको विषय सेलाउन नपाउँदै सुर्खेतरोडको कर्णाली विकास बैंक अगाडीको सडकमा रहेको पुल भत्काएको एक हप्ता बढी भयो । नेपालगन्ज–सुर्खेत रोड सडक खण्डअन्र्तगत मुख्य नालाको निकास फराकिलो नहुँदा पानी थुनिने र डुवानको समस्या हुने भएकाले नाला र पुललाई फराकिलो बनाइ निकास दिने उद्देश्यले पुल फोड्नु परेको बताईएको छ ।

सडक बिच भागमा रहेको पुल भत्काउँदा सडकको दुवैभागमा माटोको ठूलो थुप्रो लगाइएको छ । जस्का कारण सवारी साधन आवागमनमा समस्या परेको छ । विकास गर्नु राम्रो उद्देश्य भएपनि बर्षातको समयमा पुल भत्काउनु र पुननिर्माण गर्नु राम्रो नभएको नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले बताउँछन् । नेपालगन्ज बजार भरीको सबैतिरको नालाहरुबाट निस्किने पानी निकास हुने उक्त नाला नेपालगन्जको मुटु हो, श्रेष्ठले भने “जुन नाला साँघुरो भएकाले ठुलो पानी परेको समयमा नाला भरिएर डुवानको समस्या हुने भएकाले सो समस्या समाधानका लागि नागरिक समाजको तर्फबाट समयमै सचेत गराएका थियौँ वर्षातको समयमा काम भयो ।”

स्थानीय सरकार, सडक डिभिजन कार्यालय र सम्बन्धित निकायबिच समन्वय भइ समयमै काम हुनुपथ्र्यो ढिलैभएपनि रकम बिनियोजन भइ काम सुरु भएको छ आवतजावतमा असहज नहुने गरी छिटो काम सम्पन्न गर्नतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ –उनले भने ।

सडककै बीचभागमा लामो समयदेखि खाल्डो हँुदा र सडकको आधा भागनै बन्द हुँदा सवारी साधन आवतजावतमा समस्या भएको स्थानीय बताउँछन् । सडक निर्माणको समयमै नालालाई फराकिलो बनाएको भए अहिले सडक भत्काउनुपर्ने र राज्यको थप रकम खर्च गर्नुपर्ने अवस्था आउने थिएन ।

सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख निरज शाक्यले सडक निर्माण गर्ने बेलामा मुख्य नालानै सानो बनेका कारण डुवानको समस्या भएकाले नाला फराकिलो बनाउनलाई पुल भत्काउनुपरेको बताए । नेपालगन्ज उपमहानगरपालिकाका, माननिय सांसदहरु र नागरिक सुमाजबाट अनुरोध आएपछि उक्त कार्य गरिएको बताउदै विकास गर्ने क्रममा केहि विनास पनि संगै हुनु स्वभाविक भएको उनको भनाइ छ । नालाबाट पानी बग्ने ढललाई चौडा बनाएपछि वर्षाको समयमा नेपालगन्ज सहर डुब्ने समस्याको समाधान हुने उन्ले बताए । उनका अनुसार नालाको चौडाई बढाउन ३२ लाख ५ हजार ४५२ को लागतमा कार्की सच्ची जेभी कन्स्ट्रक्सनले ठेक्का लिएको छ ।

ट्राफिक लाइट जडानको नाममा सडक भत्काइएको प्रसंगमा डिभिजन प्रमुख शाक्यले सडक विभागको ठेक्का व्यवस्थापनबाट नै ट्राफिक लाइट जडान हुन लागेको बताउँदै सडक कालोपत्रे र लाइट जडानको काम एउटै ठेक्का भएको र क्रमिक रुपमा काम भएको बताए ।

भत्काइएको सडकमा कालोपत्रे गर्ने क्षेत्र थोरै भएकाले तत्काल बजेट ब्यवस्थापन हुन नसकेको कम्तीमा १ ट्रक बराबारको मेट्रियल उपलब्ध हुने भएकाले कालोपत्रे हुने क्षेत्रको परिणाम बढेमा मात्रै कालोपत्रे हुने शाक्यको भनाइ छ ।

सडक निर्माण सम्पन्न नहुँदै गुणस्तरका विषयमा स्थानीय स्तरमा ब्यापक विरोध भएको भए पनि सडकको गुणस्तरमा सुधार भने आउन सकेको थिएन । हरेक योजनामा योजना सूचना पाटी अनिवार्य राख्नुपर्ने प्रावधान भए पनि सूचना पाटी राख्ने गरिएको छैन राखेपनि नदेखिने गरि लुकाएर राख्ने गरिएको छ । आगामि दिनमा विकास निर्माणका कार्य गर्दा दिर्घकालिन र पछि समस्या नआउने गरी योजना बनाउनुपर्ने देखिन्छ ।

 

  • १५ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech