सामाजिक कार्यमा जुटौं

माधव कार्की

रामु चिडिमार, अध्यक्ष

सामाजिक विकास केन्द्र, बाँके

तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?

–  २०६६ सालमा जिल्ला प्रशासन कार्यालय बाँकेमा बिधिवत रुपमा दर्ता भएर संस्थागत कामकाजहरु अगाडी बढाईरहेको यस सामाजिक विकास संस्था केन्द्रले समुदायमा रहेका लोपोन्मुख जातिहरुको बालबालिकाहरुको शिक्षामा पहुँच बढाउन बिभिन्न किसिमका पैरबी गर्दै आईरहेको छ । ३ देखी ५ बर्ष सम्मका बालबालिकाहरुलाई बिद्यालय पठाउन संस्थाले महत्वपूर्ण भुमिका खेलेको थियो भने बिभिन्न स्थानमा बाल बिकास केन्द्रहरु सञ्चालन गरिसकेको अनुभव हामीसँग छ ।

यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायहरुसँग रहेको छ ?

– स्थानिय पालिका, वडा, बास नेपाल र प्लान नेपालसँग हाम्रो सहकार्य रहेको छ ।

यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?

– आयस्तर कम भएका बिशेष गरी अल्पसंख्यक, पिछडा बर्ग, लोपोन्मुख चिडिमार जातीका बालबालिकाहरुको लागि हामीले काम गरिरहेका छौं ।

हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?

– बालबालिकाहरुका लागि बालबिकास केन्द्रहरुको स्थापना, बालबालिकाहरुलाई बिद्यालय भर्ना र बिभिन्न समुदायमा बाल बिकास केन्द्रको स्थापना हामीले गरेका उल्लेखनिय कार्य हुन् ।

सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?

– आर्थिक श्रोत र मानविय श्रोत हाम्रा लागि प्रमुख चुनौती हुन् ।

आगामी कार्यक्रम र योजनाहरु के के छन्  ?

– २०६६ सालबाट निरन्तर कामहरु गर्दै आईरहेको यस संस्थाले सामुदायिक बिकासका लागि नागरिकहरुको परिचालन, स्वयंसेवा अभिबृद्धि, शिक्षामा सबैको पहुँच अभिबृद्धिका लागि काम गर्ने योजनामा हामी छौं ।

अन्त्यमा के भन्नुहुन्छ ?

-सामाजिक कार्यमा जुट्न सबैलाई आग्रह गर्दछौं ।

  • १५ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech