सातै भाईलाई गाडी, नागरिक उन्मुक्ति सरकारमा

तेज बोहरा

धनगढी १६ साउन/ लामो समयदेखि सुदूरपश्चिम सरकारमा सहभागी नभएको सत्तारुढ दल नागरिक उन्मुक्ती पार्टी अन्ततः सरकारमा जाने भएको छ । नागरिक उन्मुक्तिको तर्फबाट प्रदेश सभामा सात जना सांसद रहेका छन् ।

सातै जनाले गाडी सहितको सेवा सुविधा पाउने भएपछि नागरिक उन्मुक्ति सरकारमा सहभागी हुन तयार भएको हो । ७ जना सांसदहरू मध्ये यसपटक ५ जनालाई विभिन्न पद दिएर सरकारमा सहभागी गराउन लागिएको हो ।

जसमा २ जनालाई संसदीय समितिको सभापति, १ जना मन्त्री, १ जना राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको छ । यस्तै यसअघि नै २ जना सांसदले संसदिय दलका नेता र प्रमुख सचेतक भएर गाडी सहितको सेवा सुबिधा लिइरहेका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा मुख्यमन्त्री कमल शाह, नागरिक उन्मुक्तीका संरक्षक रेशम चौधरी सहित बालुवाटारमा भएको छलफलपछि उन्मुक्तीका सबै सांसदहरूलाई विभिन्न जिम्मेवारी दिएर सरकारमा सहभागी गराउने निर्णय भएको हो भने सुदूरपश्चिम सरकारले बिहीबार पूर्णता पाउनेछ ।

  • १६ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech