पाक्षिक रुपमा घन्किन्छ देउडा

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्जको राझा बिमानस्थल नजिक रहेको पशुपती मन्दिरको प्राङ्गणमा नियमित देउडा कार्यक्रम भईरहेको छ ।

हरेक महिनाको १५ गते हुने देउडा कार्यक्रम साउनको १५ गते पनि भव्यताका साथ सम्पन्न भएको छ ।

देउडा कला सँस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको देउडा कार्यक्रममा खिर खाने कार्यक्रम पनि सम्पन्न भएको थियो ।
देउडामा बाजुरा जिल्लाका चर्चित नब युवा देउडा खेलाडी जितजङ कटेल, अछाममा रतन बुढा लगायत दर्जनौ कलाकारहरुको सहभागिता रहेको थियो । देउडामा सयौं स्थानीयहरु रमाएका थिए ।

१ हजार भन्दा बढी दर्सकको सहभागिता रहेको उक्त कार्यक्रममा आयोजकको तर्फबाट पवनराज उपाध्याय र खगेन्द्र न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

  • १९ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech