प्रसिद्ध धाम बडिमालिका

पवनराज तिमिल्सिना

नेपालका प्रमुख मन्दिरहरुमा बडिमालिका पनि प्रसिद्ध धाम हो । यो स्थान सुदुरपश्मिम प्रदेशको सेती अञ्चलको बाजुरा जिल्लामा पर्दछ, यहाँ प्रत्येक बर्षको श्रावण चतुर्दशीको दिन विशेष पुजा गरिन्छ । जसमा एकजना बाजुरा जिल्ला देखि र अर्को एकजना कालिकोट जिल्लाबाट मुख्य पुजारी हुन्छन् ।

 बडिमालिका धार्मिक मात्र नभएर पर्यटिकिय हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै सन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना हुन् । बडिमालिकाको सौन्दर्य भनेकै विशाल फाँटहरु हुन् ।

अग्लो चुचुरोमा रहेको बडिमालिका माइको मन्दिर वरपर विभिन्न प्रकारका सुन्दर फुलहरुले र बाइसै पाटन हरियाफाटहरुमा चर्दै गरेका भेडा, बाख्रा, भैंसी आदि जनावरहरुले यहाँको शोभा बढाएका हुन्छन् ।

त्यस्तै गोठालाहरु र यात्रीहरुको मुखबाट गुन्जिने सुरिलो देउडा भाका, ठाडी भाका, लोक भाकाले झनै यस ठाउँको सौन्दर्यता बढाउँछ ।

यहाँ पुग्ने जो कोहि पनि खुशिले रमाउने र स्वर्ग पुगेको आभास महसुस हुने गर्दछ । चिसो मौसम, हिउँको सेतामय दृश्यले अझ धेरै मनलाइ हर्सित गराउँदछ । प्रकृतिको बरदानको रुपमा रहेको यो क्षेत्र साच्चिकै पर्यटनको मार्ग बन्न सक्छ । यति हुँदा, हुँदै पनि यो ठाउँ पर्यटिकिय केन्द्रबिन्दु बन्न सकिरहेको छैन । यसको थप प्रचार, प्रसार गरि नेपालको पर्यटिकिय स्थलको रुपमा चिनाउन जरुरी छ ।

नेपाल सत्य सनातन धर्मको आस्थाको केन्द्र बिन्दु हो । यहाँ थुप्रै महात्माहरुले सिद्ध गरि तपस्या गरेका उदाहरणहरु थुप्रै भेटिन्छन् । पर्यटन हिसाबले यस क्षेत्रलाइ बिशेश रुपमा प्रचारप्रसार नभएकाले ओझेलमा परेको देखिन्छ ।

स्थानिय सरकार लगायत सम्बन्धित सरोकारवाला निकाय साथै नेपाल सरकारले बिकासको दृस्ठिकोणमा बाजुरालाइ प्राथमिकता दिन जरुरी देखिन्छ ।

बडिमालीका भगवतीको उत्पतिको बिषयमा रोचक प्रसङ्ग
महादेवकी पत्नी सतिदेबिका पिता दक्ष प्रजापतिले यज्ञ गर्दा महादेव र सतिदेबिलाई बोलाएनन् । सतिदेबी दक्ष प्रजापतिको यज्ञ स्थलमा गएर पिता सङग आफ्ना पति महादेवलाई नबोलाउनुको कारण सोधिन् । दक्ष प्रजापतिले महादेव भाङ, धतुरो सेवन गर्ने, मसानमा बास गर्ने, गलामा सर्पको माला लगाउने जटाधारी भेषमा रहने, शरीर भरी खरानी घस्ने, बाघको छालाको पहिरन लगाउने हुनाले यो यज्ञमा बस्दा शोभायमान नहुने भएकाले नबोलाएको उत्तर दिए ।

आफ्ना पतिको यस्तो अपमान सहन नसकी सतिदेबिले यज्ञकुण्डको अग्निमा हाम फालेर प्राण त्याग गरिन् । त्यसपछि महादेव रिसाएर बिरभर्दाङ्गिनी, शिबगणलाइ पठाएर दक्षलाइ मारि दक्षको यज्ञ तहसनहस पार्न लगाए । त्यसपछी महादेव पत्नि बियोगमा पागल भएर सतिदेबिको मृत शरीर बोकेर पूरा विश्व घुम्न थाले । त्यसैबेला भगवान बिष्णुले आफ्नो चक्र, सुदर्शन चक्र प्रहार गरि किरा उत्पन्न गरि सतिदेबिको मृत शरीर कुहाए । यसरी ठाउँ ठाउँमा सतिदेबिका अङ्गहरु पतन हुँदै गए । जहाँ जहाँ सतिदेबिका अङ्गहरु पतन भएका थिए । त्यहाँ त्यहाँ एक –एक वटा शक्तिपिठहरु उत्पन्न हुँदै गए । यसैक्रममा मल्ल गिरि पर्वतमा सतिदेबिको बायाँ कुम पतन भयो । त्यसै मल्लगिरीलाइ अहिले मालिका भनिन थालियो र यहाँ मल्लिका अथवा मालिका देबि शक्ति स्वरुपले रहन थालिन् । तसर्थ यस स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पुजा गर्न थालियो ।

  • १९ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech