डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ५ बुदे प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको डुडुवा गाउँपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजिकरणमा साउन १८ गते सम्पन्न भएको छ ।


तीन सय बढी स्थानीयहरुको सहभागितामा डुडुवा गाउँपालिकाको सभाहलमा भएको सुनुवाईमा ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धता गरिएको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा गाउँपालिका कार्यालय सम्म आवतजावत गर्ने सडक चालु आर्थिक बर्ष भित्र कालोपत्रे गर्ने तथा गाउँपालिका भित्रका सडक विस्तार तथा स्तरोन्नती गर्न आवश्यक पहल गर्ने, गाउँपालिका अन्तरगत छोरी बिमा अन्तरगत विमा गरिसकेका छोरीहरुको विमा कागजात हाल सम्म अभिभावकलाई उपलब्ध नभएको गुनासो आएकाले एक हप्ता भित्र अभिभावकलाई उपलब्ध गराउने साथै आगामी दिनमा समयमा विमा कार्ड उपलब्ध गराउने गरी ब्यवस्थापन गर्ने, गाउँपालिकाको सेवा प्रवाहका बिषयमा बैधानिक रुपमा प्रयोजन सहित सूचमा माग गरिएमा समय सिमाभित्र सूचना उपलब्ध गराउने, गाँउपालिकाले गरेका कामहरु सार्वजनिक गर्न आर्थिक बर्ष भित्र कम्तिमा दुई पटक सार्वजनिक सुनुवाई गर्ने र गाँउपालिका भित्र सञ्चालीत योजनाहरुको प्रभावकारिता अनुगमन गर्ने प्रतिबद्धता गरिएको छ ।


सुनुवाईको शुरुवातमा गाँउपालिकाले प्रदान गर्ने सेवा तथा प्रवाह गरेका क्रियाकलापहरुका बारेमा गाँउपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले जानकारी गराएका थिए । बासका उपाध्यक्ष शिव कुमार बर्माले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकास बासका कार्यक्रम प्रबन्धक मन बहादुर भण्डारीले गरेका थिए भने साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा बासका निर्देशक हेमराज भट्टले गरेका थिए । सुनुवाईमा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख पैशासकिय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुख र स्थानीय गरी ३१० जनाको सहभागिता रहेको थियो ।

  • १९ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech