नेपालगन्जमा अटिजम फिजियोथेरापी सेन्टर

असल शासन प्रतिनिधि

नेपालगन्ज/ के तपाईंको छरछिमेकमा अटिजम भएको बालबालिकाहरुका छन् । ती बालबालिकाहरुको उपचारका लागि कहाँ लैजाने भन्ने चिन्तामा हुनुहुन्छ भने चिन्ता नगर्नुहोस्, अब तपाईं हाम्रै सहर नेपालगन्जमा अटिजम भएका बालबालिकाहरुको उपचार हुने भएको छ ।

कर्णाली, लुम्बिनी र सुदुरपश्चिम् प्रदेशका बालबालिकाहरुलाई लक्षित गरि बाँकेको नेपालगन्जमा अटिजम फिजियोथेरापी सेन्टर स्थापना गरिएको छ ।

सेन्टरको शनिबार बिधिवत उद्घाटन भएको छ ।

पछिल्लो समय यस क्षेत्रमा लोकप्रियता कमाउन सफल, युवा ढुकढुकी फिजिसियन डाक्टर आसिम किदवाईले उक्त सेन्टर स्थापना गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ कोरियनपुर स्थित आफ्नै घरमा किदवाईले स्थापना गरेको सेन्टर एक समारोह बिच उनका पिता सुप्रसिद्द, वरिष्ठ चिकित्सक डाक्टर एम. किदवाई, बाँके क्षेत्र नं २ का संघीय सांसद डा. धवल शमशेर राणा, पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

भारतबाट डा. मोहम्मद इरफान लगायतको टीमले उक्त फिजियोथेरापीमा सेवा दिने बताइएको छ ।

अटिजम भएका बालबालिकाहरु लामो समयसम्म पनि बोल्न नसक्ने भएपनि फिजियोथेरापी उपचार पछि धेरै जना बोल्न सक्ने हुने बताईन्छ ।

  • २० श्रावण २०८०, शनिबार प्रकाशित

  • Nabintech