भारतको श्रावस्तीमा सडक दुर्घटना, नेपालगन्जका ६ जनाले गुमाए ज्यान

नेपालगञ्ज स्तव्ध

असल शासन प्रतिनिधि

नेपालगञ्ज/भारतको उत्तरप्रदेशमा पर्ने इकौना श्रावस्ती बुद्धपथमा गत राती भएको सडक दुर्घटना हुँदा नेपालगन्जका ६ जनाले ज्यान गुमाएका छन् ।

नेपालगञ्जको त्रिभुवन चोकका एकै परिवारका ४ सहित ६ जनाले ज्यान गुमाएका हुन् ।

ज्यान गुमाउनेहरुमा नेपालगन्ज त्रिभुवन चोक स्थित एसकुमार वाचका संचालक सन्तोष कुमार गुप्ताको परिवारका दुई जना र नेपालगन्ज सदरलाईन स्थित हरि ओम मेडिकलका वैभवको परिवारका चार जना रहेका छन् ।

जानकारी अनुसार, दुर्घटनामा परि एसकुमार वाच कम्पनीका संचालक सन्तोष गुप्ताका छोरा, छोरी निलान्स, नीति गुप्ता, ओम मेडिकलका बैभव गुप्ता, उनकी पत्नी दीपिका, छोरी वैभवी र श्रेयाले ज्यान गुमाएका छन् ।

भारतको बलरामपुर स्थित आफन्तको घरमा गएर फर्कने क्रममा बाट दुर्घटना भएको थियो ।

गाईले बाटो काटन लाग्दा रिजर्भ गरि लगिएको बलेरो चालकले बचाउने क्रममा उक्त बोलेरो गाडी रुखमा ठोक्किएको थियो । तिब्र गतीमा रहेको उक्त गाडी रुखमा बजारिनुका साथै गाडी पल्टिएर पानी भरिएको गहिरो खाल्डोमा खसेको थियो ।

घटनामा परि ५ जनाको घटना स्थलमै मृत्यु भएको थियो । तिब गतिमा रहेको गाडी रुखमा बजारिनुका साथै पानीमा डुबेका कारण सवारी साधन चालक बाहेक सबैको निधन भएको हो । घटना घटे लगत्तै घटना स्थलमा पुगेको प्रहरीले गाडीबाट उद्धार गर्दा ५ मृत अवस्थामा भेटिएका थिए । १ जनाको उपचारको क्रममा बहराइच स्थित अस्पतालमा निधन भयो भने सवारी चालकको उपचार भइरहेको छ ।
घटनाबाट नेपालगञ्ज स्तब्ध बनेको छ । त्रिभुवन चोक स्थित एसकुमार वाचको अगाडी मान्छेहरुको भिड लागेको छ ।

मृतकहरुको भारतमै दाहसंस्कार भईसकेको जानकारी दिदै शवहरु नेपालगञ्ज ल्याउनका लागि घटना स्थल तर्फ गएका बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले सामाजिक सञ्जालमा जानकारी दिदै लेखेका छन् – अब हामी तुरन्तै भारत को श्रावस्ती जिल्लाको भिनगाबाट ठीक ४ बजे ६ वटा मृत शव दुइटा गाडीमा लोड गरी नेपालगंज आउँदैछौ, ६ बजे सम्म हामी पुग्ने छौं साथै आजनै मृतकहरुको अन्तिम संस्कार बुलबुलिया हिन्दू सम्सानभूमिमा हुने सम्बन्धित मा जानकारी गराईन्छ ।

  • २१ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech